लय ८ /६ को
लाश संगै जल्नै पर्छ चडाएको फूल ||
सती बनी ज्युदै मर्छ चडाएको फूल||१||
दान धर्म भगवान उपहार दिंदा ||
भुई झरी सेवा गर्छ चडाएको फूल||२||
नाता जोडी शिरमाथी सजिएर जाँदा||
डाली छोडे पनि सर्छ चडाएको फूल||३||
मिलनमा बिछोडमा समबेदनामा||
आफू रॊई खुशी छर्छ चडाएको फूल||४||
__गरुवाली तारा
दानाबारी ईलाम _