चितवन भाद्र १८,
२०१७ सालमा गुल्मी जिल्लाको कुर्घा गाबिसमा जन्मिनु भएका शुकमान गुरुङ २०३० सालमा १४ बर्षको कलिलो उमेरमा अन्नको भण्डार पूर्वी चितवन जिल्लाको बिरेन्द्र नगर गाबिस वाड न:१ मा बसाइ सरि आउनु भएको हो ।
उहाँ एक राजनीति दल (एमाले) का सक्रिय कार्यकर्ता मात्र नभई एउटा उदाहरनिय कृषकको रुपमा पनि उहाँलाई वर परका जो कोहिले पनि चिन्न सकिन्छ । उहाँ एक कुसल राजनीतिज्ञ त हो नै त्यसको अलावा एक मेहनती र उदाहरनिय कृषकको हैसेतले उहाँलाई हामीले आजको पाहुनाको रुपमा निम्त्याएका छौं । समाज सेवामा पनि अग्रणी भूमिका खेल्नु हुने गुरुङ वरपरका कोहि कसैलाई समस्या पर्दा टुपुलुक्क झुल्किन कतिपति ढिला गर्नु हुन्न भन्नु हुन्छ उहाँका एक छिमेकी । कुसल राजनीतिज्ञ,मेहनती कृषक र निस्वार्थ भावका धनि गुरुङ के भन्नु हुन्छ त ?
१] यहाँलाई स्वागत छ साथै नमस्ते,आरामै हुनुहुन्छ ?
- हजुर नमस्ते,आरामै छु ।
२] राजनीतिमा सक्रिय हुनुहुन्छ,साथै कृषि पेशामा पनि निक्कै मेहनतका साथ् लागि पर्नु भएको छ अनि समाज सेवा पनि गर्नु हुन्छ कसरि सक्नु हुन्छ तपाइँ यी सबै तिर समय मिलाउन ?
- यो त अब राजनीति आफ्नै ठाउँमा छ र कृषि चाहिं किषानेको छोरा हुँ त्यसैले कृषि पेशा त गर्ने पर्यो नि | अब रह्यो समाज सेवा,समाज सेवा चाहिं आफुले जानेको बुझेको कुरा गर्नलाई मलाई त्यस्तो गारो जस्तो लाग्दैन । त्यसो त समाज सेवा गर्ने मेरो पहिले देखिकै रहर पनि हो । हुन त मैले समाजमा गरेका कार्यले को कतिको चित्त बुझ्यो त्यो चाहिं मलाई थाहा छैन र पनि अझै समाज प्रति समर्प्रित भै सेवा गर्ने चाहना छ र जोस छ ।
३- हुन त तपाइलाई हामीले एक सफल कृषकको रुपमा आज पाहुनाको रुपमा निम्त्याएर कृषि पेशासंग मात्रै सम्बन्धित रहेर केहि जान्ने जमर्को गरेका थियों, तर तपाई एक सफल राजनीतिक कार्यकर्ता पनि भएको कारणले तपाइको भिउ अर्थात् बिचार बुझ्न चाहें लु भनोस वर्तमान देशको परिस्थितिलाई कसरि मुल्यांकन गर्नु भाछ ?के मंसिर ४ गते नै विगठित संबिधान सभाको चुनाब होला जस्तो लाग्छ ? यदि निर्बाचन नै भएको खण्डमा के जना चाहनानुरुप संबिधान देशले पाउला ?
-:हजुर अहिलेको देशको परिस्थिति मैले बुझेनुसार निक्कै डर लाग्दो छ । किन कि देशमा संबिधान छैन । संबिधान नभैसी कुनै पनि काम गर्दा जसको शक्ति उसैको भक्तिको प्रबिधि हाबी छ । दुइ चार जना नेताहरु जसले जे भन्छन त्यसैको खण्डन गर्नेमा ठिक छ । देशलाई दुखेको छ भन्ने कुनै नेतालाई आत्मबोत छैन । र थाहा भएर पनि कसैले पनि अन्तर र्हिदय देखि नै नलिईदिंदा देशको यो हबिगत भएको हो भन्छु म । सत्ताकै लागि लुछ चुँडी गर्ने हाम्रो देशका नेताहरुकै कारण यो अवस्था आएको हो। किनकि देशलाई सहि दिशा दिनका निम्ति हाम्रो देशको कुनै पनि राजनीति दलका नेता संग आँट छैन र खुबी छैन ।
तर मलाई आशा छ अब हुँदै गरेको निर्वाचनमा सबै राजनीतिक दलका साथीहरुले भाग लिने छन् र सबैले भाग पनि लिनु पर्छ |तर यो निर्बाचनमा जुनै पनि पार्टीले जिते पनि एकलौटी सरकार बनाओस भन्छु । किन कि यो भन्दा अघिको निर्वाचनमा ह्याङ्ग पर्ल्मेंट हुनुको कारण त्यहि थ्यो कि बनावटी मिलिजुली सरकारमा एउटा पार्टीले राम्रो काम गर्न लाग्यो भने, गर्न खोज्यो भने अर्कोले खुट्टा तान्ने अर्कोले राम्रो काम गर्न लाग्यो अर्कोले खुट्टा तान्ने गर्नाले नै ह्याङ्ग पर्ल्मेंट भएको हो त्यसैले एकलौटी सरकार नै बनाएर अघि बढ्नु पर्छ | अब कुरा रह्यो मङ्सिर ४ मा चुनाब होला कि नहोला ।
मेरो बिचारमा मङ्सिर ४ मै चुनाब हुन सक्ला तर पक्कै हुन्छ नै भन्न सकिन र यदि चुनाब नै भए छ भने पनि त्यो जना चाहनाअनुरुप संबिधान आउंदैन भन्ने लागेको छ । किन यो भन्दा अघिको घटनाले त्यहि दर्साउछ । अहिले मैले देखे बुझे अनुसार नेपाली कांग्रेस,एमाले र एकीकृत माओबादी बराबरको स्थितिमा छ त्यसरी बराबरको स्थिति भो भने एकलौटी सरकार बनाउन नसक्ने हुँदा पहिले जस्तै मिलिजुली सरकार बन्ने छ र पहिले कै स्थिति सिर्जना हुनेछ । मेरो मतलब सबै दलको आ आफ्नै बिचार छ र एक अर्काले राखेको बिचार नमिल्दा सरकार छाड्ने र जुट्ने क्रम्म रहने छ अनि कसरि हुन्छ सत्ता हताउनी धुनमा सबै लाग्ने छन् ।
_ प्रशंग बदलौ ....
४] गोठे भरि गाइ पाल्नु भएको रहेछ कति सजिलो छ गाइ पालनालाई ?नढाँटि भन्नुस गाइ पालना सजिलोकी राजनीति गर्न?
-:होइन राजनीति गर्ने आफ्नु ठाउँमा छ गाइ पालना त यो हाम्रो पिता पुर्खा देखि नै पालि आएको अथवा चली आएको पेशा हो । र यो गाइ पालनालाई म मात्रै नभई मेरो सबै परिवारको ठुलो हात छ | त्यति मात्र नभई यसरि गाइ पाल्द त्यतिकै बस्नु भन्दा हरेक किसिमले फाइदा छ । किन कि त्यतिकै बस्नु आफैमा घाटा हो,अल्छी पन बढाउनु हो र जिबन गुजारा चलाउन यसले धेरै साथ् दिन्छ पनि । उसो त हामी त्यतिकै बस्नु भन्दा केहि न केहि त गर्ने पर्यो नि । पशु पालनामा मलाई निक्कै रमाइलो पनि लाग्छ किनकि बाच्छा बाच्छी संग खेल्न पाइन्छ । एउटा समाज सेवी नै भएर पो हो कि ?गाइ माउ देखि साना बच्चा बाच्छी आफु संग आकर्षित भएको देख्दा आत्मसुख्को अनुभूति हुन्छ ।
अनि अर्को कुरा गाइ पाल्यो भने हामी समयमा चल्न सक्छ र सिक्छ किन कि गाईलाई समयमा दाना पानि दिनु पर्ने हुन्छ । खेति पाती र बस्तु पाल्ने भनेको मलाई त्यस्तो गारो लाग्दैन र कुनै ठुलो कुरा हो जस्तो पनि लाग्दैन । अहिले भन्ने नै हो भने खेति पातीमा भन्दा पनि गाइ पालनमा फाइदा छ । किन भने देखि अहिले खेति पाती उति राम्रो उत्पादन हुन छाडेको छ । अनि राजनीतिको कुरा छ मेरो हकमा भन्ने पर्दा समाज सेवा गर्छु भन्दा र गर्दा गर्दै राजनीतिज्ञ भएको हुँ र भैदो रहेछ पनि । किन कि समाज सेवा गर्ने मान्छे संग एउटा न एउटा पार्टी संग बिचार मिल्न जाँदो रहेछ र स्वैत त्यै पार्टीको कार्यकर्ता भैदो रहेछ । अनि त्यहि पार्टीको छात्र छायाँमा बसेर समाज सेवा गर्न पनि सजिलो हुँदो रहेछ । मेरो आफ्नै भोगाईले त्यस्तै अनुभब गर्यो । यस अर्थमा दुवै कुरा मेरो निम्ति कुनै गारोको बिषय भएन भन्दा फरक नपर्ला ।
आँत:राजनीति एउटा माहोल हो भने गाइ पालन र कृषि पेशा मेरो चली आएको पेशा हो । साथै यो कुरा पनि जोड्न चाहन्छु कि स्कुल जिबन देखि नै यो पार्टी संग मेरो बिचार मिल्थ्यो भनौ राजनीतिक दलका कार्यकर्ता थिएँ त्यस पछी २६ बर्षको थिएँ होला त्यति खेराको पन्चायत व्यवस्थाको बिरुद्ध आन्दोलन गर्नु पर्ने व्हिप पार्टीले जारी गर्यो र यस वाडको लिडरको रुपमा सबैले मलाई जिम्मा दिनु भो । त्यसलाई मैले सहरसा स्विकारी आफ्नो जिम्मेवारि पूर्ण रुपमा बहन गरेकैले पनि होला अहिले सम्म मलाई कुनै राजनीतिक दलका कार्यकर्ता भन्दा पनि एउटा समाज सेवीको रुपमा सबैले बढी हेर्ने गर्नु हुन्छ ।
किन कि पन्चायत् व्यवस्थाबाट जनतालाई मुक्ति दिलाउनमा यहाँ मेरो ठुलो भूमिका थियो र त्यसमा सबै जनता र साथीहरुले मलाई साथ् दिनु भएको थियो । िकिन कि म उमेदबार हुनु अघिको साल एउटा वाडमै १७ जनाले उमेदबारको रुपमा उठेका थिए । त्यसरी एउटा वाड मै १७ जना उठ्ने ठाउँमा म उमेदबार उठ्दा सवैले मलाई बिस्वास गरेका थिए । यहाँका सबैले मलाई निर्बिरोद्ध दिएका थिए खुशी लाग्यो तर कसरि भने देखि म जन पछिया वाड अध्यक्ष हुँ त्यति खेराको । त्यति खेर पार्टी खोल्ने सम्भावना त थिएन यद्धपि म त्यतिखेर भित्रि रुपमा तत्कालिन माले पाटी संग आबद्ध थिएँ ।
५] देशको लाखौं युवा वर्ग रोजगारको खोजीमा घर देश छाड्ने क्रम जारि छ,यहाँलाई के लाग्छ साँच्चै देशमा रोजगारको विकल्प नभएकै हो त ?
-: हो रोजगारको विकल्प नभएको होइन रोजगारको स्रोत नखुलाएको हो राजनति माहोल बिग्रेकोले र त्यसरी रोजगारको स्रोत नाखोलेकै कारण युवाहरु बिदेशिन बाध्य छन् । भन्न त भन्छन नि जलस्रोतको धनि देश भनेर तर खै त ठाउँमा बसेकाहरुले यो जल स्रोतलाई सहि सदुपयोग गर्न सकेका? ठुल ठुला जल बिधुत खोल्नु,ठुल ठुला कलकारखन खोलि दिए ति हाम्रा दाज्यु भाइ बिदेशीको गुलामी बन्नु पर्ने थिएन । सारै विडम्बनाको कुरा छ,यदि कसैले केहि सानु फ्याक्ट्री खोलेता पनि २४ घन्टामा १६ घण्टा लोड सेटिंग हुन्छ भने कसले लगानी गर्छ ? तर पनि म सल्लाह र सुझाब दिन चाहन्छु ति तमाम हाम्रा सन्तानलाई जो बिदेशमा हुनुहुन्छ तपाईहरु जति सक्दो छिटो आफ्नु देशमा फर्किने कोशिस गर्नु,बल हुनिन्जेल त्यसरी अरुको देशमा दुख गरेर हुन्न । बरु आउनुस हामि सबै मिलेर त्यस्तो वातावरण सिर्जना गरौँ जहाँ हामी सबै मिलेर आफ्नै देशमा केहि गर्न सकियोस ।
६] भनिन्छ देशमा राजनीतिक अस्थिरताका कारण युवा वर्ग पलायन हुनु पर्ने अवस्था आएको हो भनेर के यो साँचो हो ? तपाईले के विकल्प देख्नु हुन्छ अथवा के भन्नु हुन्छ घर देश छाडी जाने युवा बर्गलाई ?
-: अब तपाईहरुले यसरि देशलाई छाडेर अर्काको देशमा मात्रै बसेर हुन्न । किन कि अघि नै मैले भनि सके पराइको भुमि भनेको बल हुनिन्जेल सम्म मात्रै हो । त्यसैले फेरी भन्न चाहन्छु फर्किनुस हामी सबै मिलेर केहि गर्ने वातारण हामीले नै सिर्जना गरौँ र आफ्नै देशमा केहि गरेर खाउँ ।
७] तपाइँ कृषिमा भबिष्य देख्नु हुन्छ कि राजनीतिमा?के सल्लाह दिनु हुन्छ नयाँ पिडीलाई ?
-: -:ओ हो,यो त बढो अफ्ठ्यारो प्रश्न भयो हेर्नुस ।......साँच्चै भन्ने हो भने कृषिमा पनि भबिष्य त्यति राम्रो छैन । विभिन्न किसिमको रोगहरु लाग्छ । त्यो रोगको निराकरण गर्नका लागि त्यस्तो बिधि छैन र यहाँ कृषिको चाहिं कृषिमा जानकार जिटी आइ आएर कृषि र किसानको मर्म बुझ्ने होइन खालि आफ्नो अफिस बसेर जागिर खानामै ठिक छ ।
कृषिमा भबिष्य छ भनौ भने कसरि भनौ किनकि कृषकले बढो मेहनत गरेर बालि उत्पादन गर्न त सक्छ तर बजार भाउ नहुँदा त्यहि निर कृषकले आफ्नो ठुलो मेहनत र मूल्य चुकाउनु पर्छ । त्यसको कसले मर्म बुझिदिने ? र कसले जिम्मा लिने ? कृषि र कृषकको नाममा जता तत्तई संघ सस्था खोलेको भए पनि त्यो कृषकको पौंच भन्दा बाहिर छ । अनि राजनीति चाँही यदि नेताहरुले सोची दिने हो भने भबिष्य राम्रो छ र सफल छ । तर यिनीहरुले खालि आरुको देशको मुख ताक्ने र कसले कति दिन्छ के दिन्छ कसले के भनि दिन्छ भन्यो भने त्यो पनि राम्रो छैन । यदि त्यसो गरेन भने देशमा राजनीतिको भबिष्य राम्रो छ ।
८ ] कृषि पेशामा मुख्य गरि गाइ पालन गर्नका निम्ति गाइ पालना चाहनेहरुलाई टिप्स दिनु पर्दा तपाई के भन्नु हुन्छा?के सल्लाह सुझाब दिनु हुन्छ?आफ्नो अनुभब सहित बताई दिनु हुन्छ कि ?
:-अब हेर्नुस गाइ पालन भनेको जस्तो सुकै अवस्थामा पनि अरुको भर नपरी आफै जसो तसो चल्ने पेशा हो । यो पेशा गर्नका लागि धुम धामै पढेको नै हुनु पर्छ भन्ने नि छैन । भौतिक रुपले उ गाइको वरिपरी होस् र सरसफाई देखि लिएर बेलामा दाना पानि दिने देखि लिएर आफ्नो गाईको दुधको फ्याक्ट जान्ने हुनु पर्यो । मेरो गाइको दुधको मूल्य कति पर्यो भन्ने सम्मका भए पनि हुन्छ । त्यसै गरि गाइको मल बाट अन्य बालि उपजाउ हुने हुँदा गाइ पालन राम्रो हुन्छ । दुइ कौडी पैशाको लागि मान्छेको देशमा मरुभूमिमा उँट चराएर बस्नु भन्दा चार ओट्टा गाइ पालेर आफ्नै देशमा बसेकोले जित्छ ।
९] तपाई यहाँ सम्म आइ पुग्नुमा को कसको हात छ र तपाइको आफ्नो परिवार बाट कतिको सहयोग पाउनु भयो ?
:-हजुर मलाई यहाँ सम्म,यति सम्म ल्याई पुर्याउनुमा मेरो बुवाको प्रेरणा छ । हुन त उहाँ म २१ बर्षको हुँदा नै बित्नु भएको हो तर उहाँले देखाउनु भएको बाटो र दिनु भएको उपदेशले सधैं मलाई झक्झकै रह्यो । किन कि बुवाकै सपना पुरा गर्न भए पनि मैले केहि गर्नु पर्छ भन्ने चिन्ताले ममा सधैं बास गर्थ्यो । त्यस पछी मेरी श्रीमतीको ठुलो हात छ मलाई यो स्थानमा ल्याई पुर्याउनुमा । किन कि मेरो घर धान्ने नै मेरी श्रीमती हुन् । तपाइले भने जस्तै म एउटा समाज सेवी भएकै कारणले घरमा मैले खासै समय दिन भ्याउदीन । के गर्ने समाज सेवी भैसी गाउँ घरमा कतै केहि भै दियो भने मलाई लिन नै घरमा आइ पुगेसी त्यस माथि म गएर,मैले केहि गरेर भनेर उहाँहरुलाई केहि राहत मिल्छ भने मैले किन नगर्ने र नभन्ने त ? भन्ने लागेर नै म लागि परेको छु र लागि परेको हुँ । त्यसै कारणले मेरो यो खेति किसान,घरमा मेरो भन्दा बढी मेरी श्रीमतीको हात छ ।
१०] अन्त्यमा देश बिदेशमा रहनु हुने बिशेष गरि बिदेशमा रहेर अनलाइन प्रयोग गर्नु हुने,तपाइको बिचार पढ्नु हुने नेपालीहरुलाई के भन्न चाहनु हुन्छ ?
-:अब सबै देश बिदेशमा भएका दाज्यु भाइ दिदी बहिनीहरुलाई के भन्न चाहन्छु भने तपाईहरु आफ्नै समस्याका कारण बाध्य भएर परदेश लाग्नु भएको होला,तर अब त्यहाँ बसेर मात्रै हुँदैन गर्ने हो भने आफ्नै देशमा सुन फलौना सकिन्छ । तपाई सम्पूर्ण युवा भएर नै त विदेश लाग्नु भो त्यसैले त्यो युवा जोस जाँगर अब आफ्नै देशमा आफ्नै पाखोमा पोखौनु पर्छ । हामीले यहि ठाउँमा केहि गरेर देखाउनु पर्छ । आज भन्दा ४० बर्ष अघि जापान र हाम्रो देश उस्तै थियो तर अहिले हेर्नुस जापान कहाँ पुग्यो र हामी कहाँ छौं?त्यसैले नेपाल जापान जस्तो बनाउने जिम्मा तपाईहरु जस्ता युवा बर्गको हो । यो कुरा र यो देशको दुखलाई आत्मासाथ् राख्नुस बिदेसमा बसेर कमाउनु भएको छ भने ल्याउनुस र लगानी गर्नुस अनि आफै मालिक बन्नुस सधै अरुको नोकोर कति बन्ने ? आफु पनि मालिक बनेर हेर्नुस ।
११] हवस्त हामीलाई समय दिनु भो साथै आफ्नो अमुल्य बिचार राखिदिनु भो त्यसको लागि हार्दिक हार्दिक धन्यवाद ।
-:धन्यवाद यहाँहरुलाई पनि । मलाई बढो खुशी लागेको छ । यसरि मेरो आफ्नो विचार राख्ने मौका दिनु भएकोमा र यहाँहरु प्रति कृतिज्ञता छु । यहाँ सम्म दुख गरि आउनु भो हार्दिक आभार प्रकट पनि गर्न चाहन्छु ।
प्रस्तोत:
राजेश रुम्बा लामा ‘अतृप्त’
चितवन ।