तक्मे बुढा{विल्सन बिक्रम राई} र माग्ने बुढा{केदार घिमिरे}टन्टलापुर घाम नभनी समाजमा बर्गीय विभेद बारे छलफल गर्दै बनको बाटो एक कार्यक्रममा जादै थिए,
माग्ने बुढा"बकम फुसे!हाम्रो देशाँ जातभात,उचिनिच, गरिब धनी, नातावाद,कृपावाद,....... नभैदिएको भए,समानताको सुस्केरा हाल्दै आज हामी नेपाली सगरमाथाको चुली बाट विश्वको दृश्यावलोकन गर्थिउ होला है?"
"हुनु त हो, झुसे तैले बोलेको सोह्रै आना सहि हो,तर के गर्नु तँ जस्तो मान्छे हिजो आज हाम्रो देशमा छैन,अब आउने चुनाबमा तँ नि उठ्लास,अनि देश कसो गरि बनाउन मन लाग्छ बनाउलास/"भन्दै थोते दांत देखाएर खिस्स हास्छ,....
गोहार,.....गोहार,......
गोहार,.................
कतै बाट बाल आवाज आउछ,तक्मे र माग्ने आवाज आए तिरै दौडन्छ/
एक तलाउमा गर्मी फाल्न पसेका दुई गोठालो बालक डुब्दै गरेको दृश्य दुबैको आखाँमा पर्छ/
माग्ने हत्त न पत्त"ए!झुसे त्यो उ,.....कालो कालो केटो त मेरो जेठानको छोरो हरि रिजाल जस्तो छ,जेठानको यही मात्र एक सन्तान हो,यसलाई केहि भयो भने बर्बादै हुन्छ लौन कसरी निकाल्ने हो,ताल पनि गहिरो जस्तो छ/"अर्को डुब्दै गरेको बालक ठुले सुनार को छोरो मने सुनारको बेवास्ता गरि बोल्छ/
अघि भर्खर समानताको कुरा गर्ने,उचनीच ,जातभात,नातावाद विरुद्ध के के जाति भन्दै थिस,अहिले जेठानको छोरो रे?
खोई ले त्यो तेरो गन्दे गलबन्दी,आखाँ तर्दै तक्मेले माग्नेको गलबन्दी माग्छ/
घोसे मुन्टो लाएर गलबन्दी दिन्छ,
तक्मे आफ्नो मोहनी मफलर र माग्नेको मफलर बानेर ति डुब्दै गरेको बालकहरु तिर फाल्छ,दुवै बालक त्यो मफलर समातेर बाहिर निस्कन्छन/
माग्ने बुढा लज्जित हुन्छ/
तक्मे "कि बोल्दै नबोल्नु,कि बोले पछि पुरा गर्नु"
लु हिन छिटो उता कार्यक्रममा पुग्नु ढिलो भयो/
दुवै जाना लुरुलुरु कार्यक्रम स्थल तिर लाग्छन/
"अस्तु"
कल्पना राई"खुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिया