डिसीमा जनै पूर्णिमा तथा रक्षाबन्धन मनाईयो I

भर्जिनिया भाद्र ६,

विजय थापा : डिसी नेपाली समाजको आयोजनामा जनै पूर्णिमा तथा रक्षाबन्धन मनाईएको छ  डिसी महानगर क्षेत्रमा बसोबास गर्ने बस्ने श्रद्धालु भक्तजनहरुका लागि तथा नेपाली समुदायको जन घनत्व बिज गणतीय हिसाबमा वृद्धि भै रहेको अवस्थामा आज अगस्ट २१ तारिख जनैपूर्णिमाको दिन ज्योतिष पण्डित श्री राजेन्द्र खनालद्वारा वैदिक विधि अनुसार जग्य बनाई जनै तथा रक्षा बन्धन पूजन एबम् धारणको कार्यक्रम राखिएको थियो  

बिहानी देखि यस क्षेत्रमा बसोबास गर्ने समुदाय सदस्यहरु आवत जावत र निक्कै चहल पहल देखिएको थियो  हाम्रो सँस्कृतिको संरक्षण र सम्वर्धनका लागि यो कार्यक्रमको आयोजना गरिएको हो भन्दै संस्थाका सचिब कमल पोखरेलले बताउदै बिहान देखि हाल सम्म करिब छ सय श्रदालु भक्तजनहरुको घुईचो लागेको बताएका छन् । अधक्ष्य अरुण रुपाखेतीले यो चाडलाई निरन्तरता दिने जानकारी दिएका छन भने उपस्थित सबैलाई क्वाटीको पनि व्यबस्था गरिएको थियो 











Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com