साइबर कानुनमा सुल्झाउने 'सञ्जाल' फिल्म I

काठमाण्डौ श्रवान २८,  

 साइबर कानुनमा देखिएका कमजोरी र तिनको निराकरणका उपाय सुल्झाउने  सोचसहित 'सञ्जाल' नामक सिनेमा निर्माण हुने भएको छ। राजधानीको नेम क्याफेमा आइतबार फिल्मको औपचारिक घोषणा गरियो।

'कानुनभन्दा अपराधी बलियो भएको अवस्था छ। फिल्मले साइबर कानुनको यो अवस्था झल्काउनुका साथै साइबर अपराध न्युन गर्न सामाजिक जागरणमा पनि भूमिका खेल्ने अपेक्षा छ,' निर्देशक श्रीराम दाहालले भने। यसअघि सामाजिक कथामा बनेको 'बुह्रान'बाट नेसनल अवार्ड समेत हात पारेका श्रीरामले 'सञ्जाल' थि्रलर रहने जानकारी गराए।

पञ्चवीर प्रोडक्सन एन्ड प्रमोसन प्रालिको ब्यानरमा बन्न लागेको फिल्मलाई दीपेश सापकोटाले निर्माण गर्न लागेका हुन्। फिल्ममा बेनिशा हमाल, प्रवन भुषाल, शिखा शाही, विजय विस्फोट, सुरेश चन्द आदिको अभिनय रहने छ। दीपेश राउतको पटकथालाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् भने फिल्ममा बालकृष्ण सेवाचार्यको संगीत रहनेछ। जेबिडिसी फिल्मको मुख्य पात्रको रुपमा रहनेछन्।

'हाम्रो फिल्म निर्माण परम्परा समाजभन्दा कैयौं गुणा पछाडि छ तर फिल्मले समाजलाई पनि निर्देशित गर्न सक्छ। सञ्जाल यही सोचका साथ निर्माण हुन लागेको हो,' जेबीले भने। थिएटरको पृष्ठभूमिबाट आएका जेबीले यसअघि अभिनय गरेको 'सिग्नेचर' रिलिजको पर्खाइमा छ। फिल्मको सुटिङ काठमाडौंवरपर साउन ३१ देखि सुरु हुँदैछ। फिल्मको अनुमानित लागत ३० लाख रहने निर्माण पक्षले जनाएको छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com