तुर्कमेनिस्तानका राष्ट्रपतिले जिते साइकल दौड I

अस्काबात श्रावण २८,

कुनै राष्ट्रपति १ सय माइल साइकल दौडमा १६ हजार ५ सय व्यक्तिसँगै भाग लिन्छ ? अधिकांशका हकमा यस्तो कुरा लागु नहोला । तर, तुर्कमेनिस्तानका राष्ट्रपति गुरबांगुली बेरदिमुहामेदोवको कुरा बेग्लै छ । हालै उनी सरकारी टेलिभिजनमा साइकल दौड जित्दै गरेको देखिए । 

राजधानी अस्काबातको उक्त दौडमा उनी अन्तिम रेखा पार गर्दै हात हल्लाइरहेका थिए । त्यसलगत्तै उनले सरकारी अधिकारीहरूलाई नियमित यस्ता प्रतियोगिता आयोजना गर्न निर्देशन दिए । यी तानाशाही नेताको फिटनेस र सक्रियताका बारे आउने समाचार शृंखलाको यो पछिल्लो कडी हो । यसअघि पानीमा 'स्किइङ' र माछा मार्दै गरेको भेटिएका थिए । 

सरकारी बिदाका दिन कारगेट छाडेर स्कुटरमा सहर घुम्दै गरेको अवस्थामा पनि उनी देखिने गरेका छन् । साइकल दौडमा विजय उनको पहिलो रेकर्ड होइन । गत मेमा आयोजित घोडादौड पनि बेरदिमुहामेदोवले नै जितेका थिए । ७० लाख पाउन्ड पुरस्कार राशिको उक्त दौडको सरकारी सञ्चार माध्यमले व्यापक 'कभरेज' गरेका थिए । 

विदेशी सञ्चार माध्यममा भने उनलाई 'मास्टर जोकी'को संज्ञा दिँदै दौडका दौरान उनी घोडाबाट लडेको समाचार आएको थियो । गत वर्ष जुलाईमा उनी गितार बजाउँदै गीत गुनगुनाइरहेको अवस्थामा सरकारी टेलिभिजनमा झुल्केका थिए । एजेन्सी:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com