काठमाण्डौ श्रवान २८,
नर्वेका बहालवाला प्रधान मन्त्रि जेम्स स्टेंडरबर्गले ट्याक्सी चालकको पोसाक लगाई राजधानी होस्लोमा केहि समय ट्याक्सी चलाउने गरेको भिडियो सारबजनिक भएको छ ।
आम निर्वाचन आउन एक महिना बाँकी जति बानकी रहंदा चुनाव औजारको रुपमा प्रधान मन्त्रिले ट्याक्सी चलाएको देखाइएको अनुमान गरिएको छ ।
प्रधान मन्त्रीले चलाएको ट्याक्सीमा बसेका यात्रुले चालक प्रधान मन्त्रि स्टेंडर जस्तो देखिएको भन्दै सोधेका र उनीहरु खित्का छोडेर हाँसेको दृश्य सार्वजनिक भएको छ । नर्वेली प्रधान मन्त्रीले हरेक शुक्रबार राजालाई भेट्ने कार्यालयको काम सकेपछि ट्याक्सी चलाउने गरेको बताउनु भएको छ । प्रधान मन्त्रीका दल लेबर पार्टीका प्रबक्ताले विज्ञापनको जुक्ति अनुसार सो प्रचार गरिएको बताएका छन् ।