सपना ढुंगाना मिसेज तीज- २०१३ I


काठमाण्डौ भाद्र १६,

शंकर आचार्य : हेटौंडाकी सपना ढुंगानाले मिसेज तीज- २०१३ को उपाधि जितेकी छिन्। आकर्षक मुस्कान एवं व्यक्तित्वकी धनी बिजनेस उमन सपनाले फेमिन ब्युटी होम टे्रनिङ सेन्टरले शनिबार साँझ वीरगन्जमा आयोजना गरेको प्रतियोगिताका बाँकी २९ जना प्रतिस्पर्धीलाई उछिनेकी थिइन्।

१ छोरीकी आमा सपना वीरगन्जमा आयोजित मिसेज तीजको तेस्रो संस्करणकी विजेता हुन्। उक्त अवसरमा वीरगन्जकी मनीषा थापा फस्ट रनर्सअप तथा हेटौंडाकी मेनुका पाण्डे सेकेन्ड रनर्सअप घोषित भए। प्रतियोगिता पर्सा, बारा तथा मकवानपुरका महिलाहरू सहभागी थिए। सहभागी महिलाहरूले पारम्परिक वेशभूषाका साथै आकर्षक नृत्यसमेत प्रस्तुत गरेका थिए।

प्रतियोगीहरूलाई क्रमशः उत्कृष्ट ९, ५ र ३ मा झारेर विजेता तथा उपविजेताहरूको छनौट गरिएको थियो। प्रतियोगिताका क्रममा प्रतिस्पर्धी तथा दर्शक महिलाहरूले तीज गीतमा नाच्नुका साथै सामूहिक दर पनि खाएका थिए। स्थानीय सुरज होटलमा सम्पन्न प्रतियोगिताका विजेता तथा उपविजेतालाई राजधानीमा हुने मिसेज नेपालमा सहभागी गराइने बताइएको छ।साप्ताहिकबाट:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com