बार्सा भाद्र १५ ,
पोल्यान्डको राजधानी बार्साकी २१ वर्षीया एनिआ लिजेवस्काले १ लाख पुरुषसँग यौनसम्बन्ध बनाउने चाहना राखेकी छन् । उनी यसका लागि विश्वका हरेक सहरका कुनै पनि पुरुषसँग मात्रै २० मिनेटको एकान्तबास चाहन्छिन् ।
उनले अहिलेसम्म २ सय ८४ पुरुषसँग सुरक्षित यौनसम्बन्ध बनाएको स्वीकारेकी छन् ।
उनको दीर्घकालका लागि एक केटासाथी पनि बनाएकी छन् । केटासाथीसँग सप्ताहन्तमा मात्र सम्बन्ध बनाउने उनको नयाँ कदमलाई 'यौनक्रान्ति' को रूपमा लिइएको छ ।
उनी यो लक्ष्यलाई पूरा गर्न संसारका सबै मुलुक घुम्न योजना बनाएकी छन् । यौनसम्पर्क, घुमफिर, मस्ती र पुरुष उनको सोख भएको अस्ट्रेलियन टाइम्सले जनाएको छ । 'पोल्यान्डमा सेक्स गर्नु नराम्रो मानिन्छ,' उनी भन्छिन्, 'यसबारे
गफ गर्दा चरित्रहीन र यौनकर्मी मानिन्छ ।'
उनलाई सेक्सप्रतिको रुचिले कुनै आपत्ति नभएको बताएकी छन् । भित्रभित्रै सेक्सप्रति उग्रचाहना भए पनि राम्रो देखाउनलाई दोहोरो जीवन जिउनेहरूको समाजमा कमी नभएको उनी बताउँछिन् । 'समाजले सेक्सलाई टेबु बनाए पनि मचाहिँ यसको खुलेर आनन्द उठाउन चाहन्छु,' उनी भन्छिन् । उनले आफ्नो सोख पूरा गर्न बार्साबाट यात्रा सुरु गरिसकेकी छन् ।एजेन्सी :