रेडियो उद्घोषण संबन्धि तालिम समापन I

 माडी भाद्र १५,

पेशागत क्षमता अभिवृद्धिका लागी युवाहरुलाई रेडियो उद्घोषण संबन्धि १ हप्ते तालिम आज बघौडा मध्यवर्ती उपभोक्ता समितीको कार्यालयमा सम्पन्न भएको छ । 

विश्व वन्यजन्तु कोष, तराई भुपरिधि कार्यक्रम ताल को सहयोगमा युवा सुचना केन्द्र बसन्तपुर र नेपाल परिवार नियोजन संघको संयुक्त आयोजनामा संचालित सो तालिमको समापन कार्यक्रमका प्रमुख अतिथि बघौडा मध्यवर्ती उपभोक्ता समितीका कोषाध्यक्ष टेकनाथ पौडेल रहनुभएको थियो । 

युवाहरुको व्यक्तित्व विकास गरि उनिहरुको अन्तरनिहित क्षमताअभिवृद्धि गर्दै समाजमा सकारात्मक बाटोमा लाग्न तालिमले प्ररित गरेको साथै यसबाट आफुमा भएको बौद्धिक ज्ञान अभिवृद्धि भएको तालिमका सहभागिहरुले बताएका छन् । 

कार्यक्रममा बोल्दै युवा सुचना केन्द्र माडीकी अध्यक्ष रेनुका भुषालले अब युवाहरुले समाज परिवर्तनका लागी प्रमुख भुमिका खेल्नुपर्ने र सामाजिक दायित्व ग्रहण गर्न सक्नुपर्ने बताउनुभयो । माडीका ४ वटै गाविसका युथ सेन्टर र युथ सेक्टरका २५ जना युवाहरुलाई प्रशिक्षण दिईएको थियो । समापन कार्यक्रम केन्द्रकी अध्यक्ष रेनुका भुषालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com