सिनियर अहेव छेदीलाल साहको हत्या I

तीनजना हत्यारा पक्राउ  :

करिब दुई महिनादेखि बेपत्ता ताप्लेजुङका सिनियर अहेव छेदीलाल साहको हत्या भएको खुलासा भएको छ । सप्तरी घर भई ताप्लेजुङको माश्रिङ स्वास्थ्य चौकी थुकिमा गाउं विकास समितिमा वसेर स्वास्थ्य सेवा पु¥याउंदै आएका साहको हत्यामा संलग्न तीन जना पक्राउ परेपछि हत्या भएको खुलेको हो । आरोपी तीन जनालाई प्रहरीले आज विहान ताप्लेजुङमा सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा ताप्लेजुङ खाम्लुङ ३ का २० वर्षिय महेन्द्र सामेखाम, खाम्लुङ ३ कै २२ वर्षिय चन्द्रहाङ नाल्बो र खाम्लुङ २ का २८ वर्षिय तेन्जिङ भनिने दिपेन नाल्बो रहेका छन् । घटनामा संलग्न खाम्लुङ १ का जोन नाल्बो र खाम्लुङ २ का बिसाल नाल्बो अझै फरार रहेको केन्द्रिय अनुसन्धान व्युरोका प्रहरी निरीक्षक कुमारबाबु थापाले जानकारी दिए ।

लुटपाट गर्ने उदेश्यले अभियुक्तहरुले छेदीलालमाथि आक्रमण गरेका थिए । आक्रमणको क्रममा बेहोस भएपछि छेदिलाललाई हत्या गरी मेवा खोलामा फालेको स्वीकार गरेका छन् । शाह लामो समयदेखि वेपत्ता भएपछि स्वास्थ्यकर्मी संघले सत्यतत्य वाहिर ल्याउनुपर्ने भन्दै आन्दोलन गर्दै आएका थिए भने सरकारले साहको वारेमा जानकारी दिनेलाई १० लाख रुपैयां पुरस्कार दिने घोषणा समेत गरेको थियो । NB:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com