रामपुर भाद्र १५,
अनन्तप्रकाश सुवेदी : शुक्रवार रामपुरमा सम्पन्न दुइ दिने च्याऊ खेति तथा किट विज्ञान तथा
पर्यावरण सम्बन्धि दुइ दिने तालिम समापनसँगै चितवनको रामपुरमा अवस्थित कृषि तथा
वन विज्ञान विश्वविद्यालय तथा ताइवान स्थित नेशनल पुङ्गटुङ्ग विज्ञान तथा प्रविधि विश्वविद्यालय
विचमा सम्बन्धको नयाँ आयमको सुरुवातसँगै ताइवान नेपालको सम्बन्धको नयाँ
अध्यााय सुरु भएको कार्यक्रमका अध्यक्ष समेत रहनुभएका कृषि तथा वन विज्ञान
विश्वविद्यालयका प्राध्यापक डा. मोहन शर्माले बताउनुभयो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक तथा रामपुर क्याम्पसका अल्मुनाइहरुको
लामो प्रयाससँगै नेशनल पुङ्गटुङ्ग विश्वविद्यालयका उपनिर्देशक समेत रहि सक्नुभएका प्र
ोफेसर लिङ्गको रामपुर स्थित नवघोषित विश्वविद्यालय आगमन सँगै सो अवसर जुटेको हो ।
कार्यक्रममा सम्बोधन गर्नुहुँदै प्रा. डा. मोहन शर्माले अब ताइवानको नेशनल
पुङ्गटुङ्ग विश्वविद्यालय र नेपालको कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक, विद्यार्थि
तथा सम्बन्धित देशका किसानहरुले नयाँ स्थापित हुन गइरहेको सम्बन्धबाट धेरै
भन्दा धेरै फाइदा लिएर पशुपालन, कृषि तथा वातावरणको अध्ययन अनुसन्धानमा
धेरै फड्को मार्न सक्ने बताउनुभयो ।
सो कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ताइवानका प्रोफेसर वेन जिन लिङ्गले ने
पालका विद्यार्थि र किसान निकै मेहनति रहेकाले यहाँ कृषिको उपयुक्त प्रविधिको जो
डसँगै नेपालमा प्रचुर मात्रामा रहेको जैविक विविधताको उपयोग गर्न सकेमा नेपालले
उल्लेख्य फाइदा लिनसक्ने र यसका विश्वले नै र साथ साथमा ताइवानले पनि फाइदा
प्राप्त गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।
दुइदिने कार्यक्रममा झण्डै ५० जन प्राध्यापक, विद्यार्थि, ल्वाब व्याय,
अनुसन्धानकर्ता, किसान लगायतले किरा तथा जैविक विविधता साथै च्याऊ खेति सम्बन्धि
तालिम प्राप्त गरेका थिए ।
कार्यक्रममा कृषि विश्वविद्यालयका अनुसन्धान तथा प्रसार
निर्देशक प्रा डा नवराज देवकोटा, ताइवानका प्रा. यिङ्ग, डा कृष्ण काफ्ले, सुन्दर
तिवारी, कालिकाबहादुर अधिकारी, अनन्तप्रकाश सुवेदी, पर्यावरणीय सेवा केन्द्रका ऋषि
अधिकारी लगायतको उपस्थिति रहेको थियो । तालिमका सहभागिले स्थानिय बुद्धि तामाङ्गको
च्याऊ खेति प्रविधिको अवलोकन गर्ने मौका पनि पाएका थिए ।