त्रिभुवन विमान स्थल धावन मार्गको अख्तियारले सुरु गर्यो अनुसन्धान I

काठमाण्डौ श्रवान ३१,

त्रिभुवन विमान स्थलको धावन मार्गको अबस्था र त्यसको गुणस्तरलाइ लएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

अख्तियार टोलीले विमान स्थलको धावन मार्गको कालो पत्रे उक्किएको र चर्किएको विषयलाई लिएर स्थलगत अनुगमन सुरु गरेको हो ।

उक्त स्थानको कालो पत्रे उक्कियेर खाल्डो परेका कारण विमान उडान र अवतरणमा प्रभावित भएको सुचना प्राप्त भए पछि स्थलगत अनुगमन गरेको अख्तियारले जनाएको छ । विमान स्थलको निरीक्षण र अनुगमन गर्न खटिएको टोलीले प्रतिबेदन दिएपछि धावन मार्गको अबस्था, निर्माण मा र गुणस्तरको बारेमा थप अनुसन्धान र छानबिन गरिने अख्तियार का प्रबक्ता श्रीधन सापकोटाले बताएका छन् । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com