इजिप्टमा संकटकाल घोषणा I

कायरो श्रावण ३१,

इजिप्टको सैनिक समर्थित सरकारले एक महिनाका लागि मुलुकमा संकटकाल घोषणा गरेको छ । राजधानी कायरोमा विपक्षीको प्रदर्शनलाई सुरक्षा बलले बिथोल्न खोज्दा भएको हिंसामा सयौंको ज्यान गएपछि संकटकाल लगाइएको हो ।

त्यहाँ रातभर राजधानी कायरोलगायत ११ प्रान्तमा कफ्र्यु पनि लगाइएको छ । कायरो र वरपर मंगलबार राति र बुधबार बिहान भएका प्रदर्शनमा सेनाको गोलीबाट २ सय ५० भन्दा बढीको ज्यान गएको विपक्षीहरू ले जनाएका छन् । सरकारले अतिवादी समूहबाट हुन सक्ने जनधनको क्षति रोक्न कडा कदम चालिएको बताएको छ ।

झडपमा विपक्षी मुस्लिम ब्रदर हुडका नेता मोहम्मद अल बेल्टागीकी १७ वषर्ीया छोरी आस्मा र स्काई न्युजका मिक डिनको पनि मृत्यु भएको छ । राष्ट्रसंघका महासचि बान कि मुनले उक्त हिंसाको भत्र्सना गर्दै आम सहमतिमा पुग्न आग्रह गरेका छन् । सेनाद्वारा अपदस्थ राष्ट्रपति मोहम्मद मुर्सीका समर्थकहरूले त्यहाँ लगातार विरोध प्रदर्शन गरिरहेका छन् ।एजेन्सीहरू : 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com