गजल : By, सनम गोले I



हिजोआज मेरो देश अत्ति साह्रै रोएको देख्छु
आन्तरिक मामिलामा बिदेशीले छोएको देख्छु

विश्वास गर्दा देश बनाउछु भनेर कराउनेहरूलाई
शान्तिसुरक्षा अमनचयन संविधान खोएको देख्छु

विकासले दुर्तगति लिनेछ देश नयाँ नेपाल बन्नेछ
पुरा नहुदा सपनाहरू आँसुले मुख धोएको देख्छु

अत्याचार भ्रष्टाचार दिनहुँ मौलाउदै छ जताततै खै
जुन जोगी आएपनि त्यस्तै मष्तिकनै कुएको देख्छु

नेतालाई गाडी बंगला यस्स आराम मनलाग्दि हरे
अधिकांश जनताको झुप्रोको छानो चुएको देख्छु

सनम गोले
दामन मकवानपुर
हाल मलेशिया

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com