साउन २०,
शिशिर सिंखडा : चितवनको विकट पहाडी गाविस सिद्धिको ओढारमा १५ बर्ष दे
खि बस्दै आएका ७८ बर्षिय हस्तबहादुर चेपाङले नयाँ घर पाएका
छन ।
श्रीमति छोरा छोरी कोही नभएका एकल हस्तबहादुरको
लागि होटल मोनालिसा सौराहाका सञ्चालक केशब खनालले बस्ने
घर बनाईदिएका हुन ।
सिद्धि–८ पाईमाराङमा खनालले १ लाख रु
पैयाको लागतमा सो घर बनाईदिएर हस्तबहादुरलाई हस्तान्तर
ण गरेका हुन । घर हस्तान्तरण कार्यक्रमको चेपाङ अभियान्ता
गामवेसीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्मा
प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार
महासंघ चितवनका कार्यसमिति सदस्य होमनाथ सापकोटा,प्रेस चौतार
ी चितवनका उपाध्यक्ष शिशिर सिंखडा, पत्रकार दीपेन्द्र बडुवाल
लगायतले विपन्न चेपाङलाई घर बनाईदिएकोमा पर्यटन
व्यवसायी केशव खनाललाई धन्यबाद व्यक्त गरेका थिए ।
होटल व्यवसायी खनालले हस्त बहादुरलाई आवश्यक पर्ने
कपडा,भाडा सहित उनलाई बाचुञ्जेल चाहिने खाद्यन्न उपलब्ध
गराउदै आएका छन भने हस्त बहादुरलाई हेरचाह गर्ने शेर
बहादुर चेपाङको परिवारलाई प्रोत्साहन स्वरुप १० हजार रुपैया
दिने समेत खनालले बताएका छन ।
सालको काठ चोरी तस्करी गरी लादै गरेको
अबस्थामा पुर्वि चितवनको शक्तीखोर मा
पक्राउ
शिशिर सिंखडा
शक्तिखोर, चितवन÷ साउन १९ गते
सालको काठ चोरी तस्करी गरी लादै गरेको अबस्थामा पुर्वि
चितवनको शक्तीखोर स्थीत प्रश्तावित इच्छाकामना सामुदायीक
बन उपभोक्ता समुहले पक्राउ गरेको छ ।
बन समुहको पदाधिकारी एवम उपभोक्ताहरुको सयुक्त
गस्ती टोलीले जुटपानि बजार नजिकै झोलुङगे पुल छेउ कयर
खोलामा बगाएर लादै गरेको अवस्थामा १५ क्युफिट सालको
काठ पक्राउ गरीएको प्रश्तावित इच्छाकामना सामुदायीक
बन उपभोक्ता समुहका अध्यक्ष अर्जुन बस्नेतले जानकार
ी दिनुभयो । सालकाठको बजार मुल्य करिव ५० हजार रुपै
या पर्ने अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।
दुइ हप्ता
अगाडी मात्र उदयपुर सामुदायीक बन उपभोक्ता समुहबाट
छुटिएको सो बनका उपभोक्ता एवम समितीका पदाधिकारीहरु
पालै पालो दिउसो र राति समेत बन गस्ति गदै आएको प्रश्तावित
इच्छाकामना सामुदायीक बन उपभोक्ता समुहकी कोषाध्यक्ष
विमला तामाङले बताउनुभयो ।