साउन २०,
सुनसरी जिल्लाको हाँसपोसा–३ स्थित पोखरी टोलमा रहेको पैनीमा अन्दाजी ८० वर्षका एक पुरुष आज मृत अवस्थामा फेला परेका छन् । मृत फेला परेका ती वृद्धको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । त्यस्तै जिल्लाको फरकफरक स्थानमा पानीमा डुबेर दुई जना बेपत्ता भएका छन् ।
प्रहरीका अनुसार पाँचथरको लिम्वा गाविस वडा नं ६ घर भई हाल सुनसरीको खनार–७ मा बस्दै आएका १७ वर्षीय मिलन राई सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा नुहाउने क्रममा बेपत्ता भएका छन् । यसैगरी उदयपुर जिल्लाको हडिया–५ की ६३ वर्षीया पद्मकुमारी कटवाल सप्तकोसी नदीमा नुहाउन पस्दा डुबेर बेपत्ता भएकी छिन् । बेपत्ता दुवैको प्रहरीले खोजी गरिरहेको छ । NB: