पाल्पा श्रावन २९,
टेकनारायण भट्टराइ : पाल्पाको रुप्से गाविस–३ दद्राका ५ वर्षीय बालक निरज भट्टराईमा डेंगुको संक्रमण देखिएको छ। पाल्पामा डेंगु संक्रमण पाइएको यो नै पहिलो हो। तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा आरडीटि किटबाट रगत परीक्षण गर्दा डेंगु भेटिएको कलेजले जनाएको छ।
पहिलो पटक डेंगु फेला परेकोले थप परीक्षणका लागि काठमाण्डौं रिफर गरिएको कलेजका डेपुटी डाइरेक्टर डाक्टर राजु शाक्यले जानकारी दिए। ११ दिनदेखि उच्च ज्वरो आएपछि उपचारका लागि छोरालाई अस्पताल ल्याएको आमा निर्मला भट्टराईले बताइन्। उनलाई स्थानीय स्वास्थ्य चौकीका प्रमुख यमबहादुर चिदीले सामान्य उपचार गरे पनि निको नभएपछि सदरमुकाम ल्याइएको थियो।
जिल्ला जनस्वास्थ्य प्रमुख झलक शर्माका अनुसार थप परीक्षणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाइएको छ। उनका अनुसार डेंगुको संक्रमण पहाडी जिल्लामा विरलै हुने गरेको छ। डेंगु एडिस एजेप्टाई नामको लामखुट्टेले टोकेपछि हुने भाईरल संक्रमण हो। चिकित्सकका अनुसार यो संक्रमणले रगत जम्ने प्रक्रियालाई अव्यवस्थित बनाउँछ। संक्रमितलाई टोकेको लामखुट्टेले अरुलाई टोक्यो भने रोग फैलन्छ।