वाढीले ७ को मृत्यु चार बेपत्ता I

काठमाण्डौ श्रावन २९,

रामेखोलाको खिप्ति बजार नजिकै खहरे खोलाले तीन घर बगाएको छ । गएराती आएको वाढीमा परि सात जनाको मृत्यु भएको छ भने चार जना हराइरहेका छन्  । 

मन्थली बाट उद्द्धारको लागि गएको प्रहरी र सेनाका टोलि बाटोमा पहिरो आएको कारण घटना स्थल पुग्न नसकेको रामेछापका पत्रकार हिमाल ढुंगेलले प्रहरीलाई उद्ग्रित गर्दै जनाएका छन् ।  

अविरल बर्षा स्नागे आएको रुकुममा हिजो चार घर र छ वटा घुम्ती पसल बगाएको छ । रुकुम सदरमुकाम खलङ्गा गाउँ विकास समिति र भालाक्षा गाउँ विकास समितिको बिचमा रहेको स्थानिय वैरागले थाति बजारमा पहिरो आएको हो । 

उक्त पहिरोले कुनै मानविय क्ष्यति भने भएको छैन । पहिरोले राप्ति लोक मार्ग समेत पुरेकोछ । ठाउँ ठाउँमा पहिरो गएपछि दुइ दिन देखि यातायातका साधनहरु ठप्प छन् । यसरि सवारी साधन नह्चल्दा यात्रुहरु पैदल हिडेर आफ्नो गन्तब्य मा पुग्न बाध्य छन् ।  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com