" जनै पुर्णिमा " : निशा खनाल अर्याल I

अति उतम मानिने हिन्दु परम्परा जनै पुर्णिमा ,दिदी ,बैनी र दाजु भाइको गहिरो नाता हातमा रक्षाको धागो बानेर सम्बन्धलाई अटल राख्न यो दिन पबित्र र अति नै महत्व मानिन्छ  आज देखि बर्ष दिनमा आउने चाड पर्ब शुरु हुने गर्दछन  

जनै .पुर्णीमाको दिन मुलरुपमा ब्राहृमणहरुद्वारा मन्त्र उच्चारण गर्दै यजमानहरुलाई पवित्रताको सुचक धागो बांधेर उनीहरुको जीवनमा विभिन्न प्रकारको अशुभता, दरिद्रता, भाग्य हिनता र असुरक्षालाई समाप्त गर्ने प्रयास गरिन्छ भनेर उल्लेख विभिन्न धर्म ग्रन्थमा भएता पनि,यसलाई विद्धान, समाजमा जे जसरी लिउंन तर आफन्तको माया र पवित्रता देखाउनु नराम्रो पक्कै हैन । दिदी बैनीले दाजु भाइलाई बोलाएर जनै ,दिने हातमा धागो अर्थात् राखी बानी उपहार दिदै उनीहरुको सु-स्वास्थ ,दिर्धायु जीवनको लागी कामना गर्दै आशीर्वाद दिदै , विभिन्न थरीका खाने कुरा ,क्वाटी ,खिचडी जस्ता आजको दिनमा सबै भन्दा महत्व पूर्ण रहने भएकोले मिठो स्वादमा पकाएर दाजु भाइलाई खान दिने र हाशी खुशी खादै सबैले यो चाड मनाउने गर्दछन भने आजको दिनमा बुडा पाखाले भने आफुले मान्य आफ्ना ज्वाईलाई बोलाएर ज्वाई बाट हातमा धागो बान्दै जैन फेर्ने र ज्वाईलाई टिका लगाई हातमा फल तथा दक्षिणा दिने चलन आज पनि जिबित नै छ  । हि

न्दु धर्मावलम्बी ब्राह्मण बाट शुरु हुने यो चार्ड हर्ष र उल्लासका साथ आफ्नो संस्कृति र धर्मको पालना गर्दै मनाउदै आएको यो जैन र पबित्र हातमा बाधिने काचो धागोको महत्व हो तर हिजो आज यसलाई अलि फैसंनको रुपमा इन्डियाको देखा सिकी सुन्दर तथा रङ्गी विरङ्गी झिली र मिली राखी दाजु भाइको हातमा बाधेर मनाउने गर्दछन । त्यस्तै यो जैन पुर्णिमा भनेको ब्राहृमणहरुले काचो धागोलाइ तीन डोरालाइ दोब्बर गरि ६ डोरा बनाएर लगाउने , जनैका तिन डोराले सत्व रज र तम यी तीन गुणको प्रतिनिधित्व गर्दछ भन्ने भनाइ छ , भने ६ डोराले मानिसको जीवनलाइ असफल गराउने काम क्रोध लोभ मोह मद मात्सर्य यी षडरिपुलाइ नियन्त्रण गर्दछ भन्दै मन्त्र जप्दै बर्ष भरि बनाएर राखिएको जनै आजको दिन पुजा र पाठ गरि मन्त्र जपेर शुद्ध गरि बर्ष दिन सम्म फेर्न वा , विभिन्न चार्ड पर्व ,मरन तथा हरेक पुजामा प्रयोग हुने गर्दछ  

यसरी पंचमीको बर्त महिलाहरुको लागि महत्व छ र उनीहरुले त्यो कर्म खोलामा नुहाएर चोखो बसी सप्तऋषिको आरधना सुद्ध भएर गर्दै चोखो एक छाक खाएर गर्दछन त्यस्तै यो जैन पुर्णिमा पुरुषहरुले ब्राह्मणको कर्म पुरा गर्न आफुले बर्ष भरी गरिएको केहि त्रुटी भए आफ्नो कर्म गर्न खोलामा गई शुद्ध भएर नुहाउदै मन्त्रको उच्चारण गरि जनै फेरी आफ्नो पितृहरुलाई सम्झेर अजुलिले अर्ध दिदै सप्तऋषिको आराधामा गर्दै शुद्ध भई घर देखि हातमा रक्षाको धागो बान्दै आफ्नो ब्राह्मण धर्मको रक्षाको लागी आफ्ना शिष्यहरुलाई पनि कर्म गराउदै यसको व्यवस्था गर्न तल्लीन हुन्छन् ! यसरी रक्षा-बन्धन पर्वले आफ्नो संस्कृतिको,पम्परा र धर्मको रक्षा गर्दै समाजमा पनि प्रभावित पार्दै आएको हामीले पाउछौ । यो पर्ब हिन्दुहरुका लागि मात्र नभै सम्पुर्ण मानव जातिकै लागि महत्वपुर्ण पर्वको रुपमा रहेको छ । 

धर्म ग्रन्थ अनुरुप जनै पुर्णीमाको दिन दिदीबैनीहरुले दाज्युभाइहरुलाई गुरुहरु बाट मन्त्रिएर जनै हातमा दिदै ल्याएको काचो धागो रक्षाको रुपमा हातमा नारीमा बांध्ने गरिन्छ । यो राखी सूत्र दाजुभाइद्वारा दिदीबैनीहरुको हर जटिल तथा विपरीत परिस्थितीहरुमा रक्षा गर्ने एक प्रतिज्ञा कवजको रुपमा लिइन्छ । पौराणीक कथा अनुसार दैत्य र देवताहरुको युद्धमा ईन्द्र देव जव आसुरी शक्तीबाट परास्त भई आफ्नो दैवी राज्य गुमाएर बसेका थिए तव उनकी पत्नी ईन्द्रायणीले ईश्वरलाई साक्षी राखी पवित्रता र आध्यात्मिक शक्तिको प्रतिक काचो धागो शक्तिको प्रतिक सूत्र बांधेकी थिईन । फलस्वरुप ईन्द्रले आसुरी शक्तिलाई दमन गरेर आफ्नो राज्य भाग्य र सम्पती प्राप्त गर्न सफल भएको कुरा पनि धर्म ग्रन्थहरुमा लेखिएको छ त्यो आज पनि पढ्न र गुरुहरु बाट कथामा सुन्दै आएका छौ ! यो महान पवित्र पर्वले पति र पत्नीलाई पवित्रतारुपी श्रेष्ठ गुण सूत्रमा बांधेर गृहस्थ जीवनमा सफलता र ऐश्वर्य दिलाउन समर्थ पनि सफल भएको छ । 

रक्षा शब्दको अर्थ " रक्षा भनेको संरक्षण वा सम्भाल गर्नु भन्ने बुझिन्छ भने " बन्धन शब्दको अर्थ कुनै सम्झौता वा प्रतिज्ञामा सामेल हुनु वा प्रण गर्नु हो भन्ने अर्थ लाग्दछ '।त्यसैले हामीले पनि आफ्नो हिन्दु धर्मको संस्कारको ,संस्कृतिको रक्षा गर्न कर्मलाई पवित्र, मान्दै यसलाई महत्व पूर्ण र श्रेष्ठ तथा दिव्य बनाएर आफ्नो देश तथा विश्वको रक्षा गर्ने पवित्रताको प्रण गरौ ! सबै देशमा आ-आफ्नो तरिकाको धर्मलाई मान्ने गरेता पनि आखिर उही एउटा ईश्वरीय बन्धन र सांसारीक कर्मको बन्धनलाइ मानिन्छ । ईश्वरीय बन्धनमा दिव्य नियम मर्यादाको पालना गर्नु , सत्य धर्ममा रहनु , जसले गर्दा सुख शान्ति, आनन्द अनि पवित्रता प्राप्त हुने गर्दछ । सांसारीक कर्मको बन्धन भित्र दुःख अशान्ति, रागद्वेष, ईष्या, कलह क्लेष जस्ता अनेक विकृतीहरु निहित भएता पनि , मुलरुपमा मानव चेतनशील हुनाले उसमा शान्ति प्रिय हुनुको कारणले गर्दा नै स्वभाविक रुपमा उ भित्र शान्तिको चाहना हुने गरेको पाइन्छ , किन कि रक्षा बन्धन एउटा ईश्वरीय बन्धन हो । जसले पवित्रताको अनि , धर्म रक्षाको सुखद अनुभूति दिने गर्दछ । 

वास्तवमा मानवले शारिरीक रक्षा, धर्मको रक्षा, सतित्व अर्थात पवित्रताको रक्षा, कालबाट रक्षा, सांसारीक आपत तथा संकटबाट रक्षा जस्ता अन्य रक्षाहरु पनि होश भन्ने चाहन्छन । चारै तिर बढदो असुरक्षा, हत्या हिंसा, अन्याय अत्याचार पापाचार, आसुरी विचारधाराको बोलवाला भई मानव काम, क्रोध, लोभ, मोह अहंकार जस्ता विकृतिहरुको पुर्णतया वशमा परेर दुःख अशान्तिमा जीवन व्यतीत गरीरहेको समयमा मानवलाई यस प्रकारको दुखदायी बन्धनबाट मुक्ति दिलाउने, रक्षागर्ने कर्तव्य निर्वाह गर्न तथा संकटको समयमा धर्मको रक्षा गर्नका निम्ति विश्व रक्षक, जगत नियन्ता, सर्व रक्षक परमात्मालाई यस धर्तीमा अवतरीत हुनुको आवश्यकता यस्ता धर्म हरुबाट देखिन्छ सायद रक्षा बन्धन यस्तै कुराहरुको रक्षाको रुपमा देखिएको हो ! तसर्थ हामी हरेक नर नारीले आफ्नो जीवन श्रेष्ठ शक्तिशाली र सुरक्षित बनाउनका निम्ति मन, वचन र कर्मले पवित्रतालाई अपनाऔं । 

नकारात्मक वृत्ति तथा कुकृतिहरुका विरुद्ध पाईला चालौं । हामी सबैका कल्याणकारी परमपिता परमात्माद्वारा प्रदत्त रक्षासूत्र ग्रहण गरौं र स्व को रक्षा गरौं । सुरक्षित बनौ अनि देश तथा विश्वको रक्षा गरौं । वास्तवमा पवित्रताको धारण नै सुरक्षाको साधन हो । पवित्रताको व्रतले नै आजका सबै खाले समस्याहरुको हल गर्न सकिन्छ । जसरी बाहिर देखिने बिजुलीको तार सामान्य रुपमा देखिन्छ तर त्यो जोड्दा करेन्ट लाग्दछ उसले आफ्नो शक्तिको प्रदर्शन गर्दछ जसबाट उसले घरदैलो मा रोनक तथा उज्यालोपन दिन्छ, त्यस्तै रक्षा बन्धनको धागोपनि सामान्य दुई चार रुपैयाबाट खरिद गरि त्यसलाई सुता मिलाएर मन्त्रि काचो हर्दिमा रगाउदै मन्त्र बाट शुद्ध गरि त्यसलाइ मन्त्रबाट बाधिदा त्यो भित्र महत्वपुर्ण भाव र शक्ति लुकेको हामीले महसुश गर्ने गर्दछौ अनि यो धागो भित्रको पवित्र, उच्च भावलाई बुझेर जीवनमा विश्वाश राख्दै अपनाउंने गर्दछौ । 

आउनुहोश हामी सबैले पवित्रताको प्रतिक रक्षा बन्धनको अर्थलाइ बुझ्ने कोशिश गर्दै रक्षा बन्धन आफ्नो दाजु भाइको हातमा बाधौ र हामीले पनि आफ्नो गुरुहरुबाट ग्रहण गरौ ! यसरी यो जनै पुर्णिमालाइ हर्सो उमंगका साथ मनाउन सबै इष्ट मित्र ,संगी साथी,आफन्त तथा म देखि टाडा रहनु भएको मेरो दाजु भाईलाई यसै मार्फत राखी टक्र्याउदै मंगलमय शुभकामना दिन चाहन्छु / "ओम हरि तत्सत '" 

निशा खनाल अर्याल 
हाल : इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com