पाँचौ दिन पनि यातायात व्यवसायीहरुले ढुवानी सेवा ठप्प पारे I

  चितवन , भदौ ५ ,

बन्दको अवज्ञा गरेको भन्दै ६ वटा जीपमा तोडफोड, १७ जना पक्राउ, , , , , 

शिशिर सिंखडा : गते सरकारले निर्धारण गरेको न्यूनतम भाडादरमा मालबाहक सवारी साधन सञ्चालन गर्न नसकिने भन्दै आज पाँचौ दिन पनि यातायात व्यवसायीहरुले  ढुवानी सेवा ठप्प पारेका छन ।  यातायात व्यवसायीको हडतालका कारण चितवनको नारायणघाट, वीरगन्ज, कलैया, हेटौडा, काठमाण्डौ, बुटवल लगायत देशभरि नै मालसामानको ढुवानी सेवा प्रभावित भएको छ् । 

ढुवानीमा लाग्दै आएको अनावश्यक र अनाधिकृत शुल्कहरु निकासीको नाममा लाग्ने कर,ढाला खर्च,गद्धी खर्च,एरिया लोडिङ तथा उद्योगहरुमा लिने तौ ल शुल्क लगायतका अनावश्यक रकम असुली बन्द गरिनुपर्ने, पार्किङको राम्रो व्यवस्थापन गर्नुपर्ने, ट्राफिक चेकिङलाई व्यवस्थित र नियमित गर्नुपर्ने माग र ाख्दै तराई यातायात व्यवसायी संघ सिमरा, नारायणी यातायात व्यवसायी संघ हेटौ डा, पश्चिमाञ्चल यातायात व्यवसायी संघ बुटवल र बाणगंगा यातायात व्यवसायी समिति कपिलबस्तु संयुक्त रुपमा आन्दोलनमा उत्रिएका हुन । 

 ट्रक व्यवसायीले ढुवानी भाडा वृद्धिको माग राख्दै केही दिन अघिदेखि गरेको ढुवानी बन्दको अवज्ञा गरेको भन्दै नवलपरासीको बर्दघाटमा गएराति ६ वटा जीपमा तोडफोड भएको छ । गएराति दुई बजेतिर बर्दघाट ट्रक व्यवसायीहरुले ढुवानी गरेर जांदै गरेको ६ वटा जीपमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी ले जनाएको छ । तोडफोड को क्रममा प्रहरीले गएराति नवलपरासीबाट १७ जनालाई ट्रक व्यवसायीहरुलाई गिरफ्तार गरेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका कार्यालय प्रमुख बाबुराम अधिकारीले बताउनु भयो । प्रहरीले नवलपरासीबाट समितिका उपाध्यक्षहरु हरि कडेल, डिल्लाराज रिजाल, सचिव राजु केसी लगायत १७ जनालाई पक्राउ गरेको बताइएको छ । 

इलाका प्रहरी कार्यालय बर्दघाट नवलपरासी ले ट्रक व्यसायीहरुले नाकानाकामा बसेर गाडी चलाउन नदिएर बलजफ्ती गरेको भन्दै पक्राउ गरेको जनाएको छ । शान्तिपूर्ण आन्दोलनमा रहेको अवस्थामा गिरफ्तार आफ्ना व्यवसायीहरु लाई तत्काल विना सर्त रिहा गर्न समितिका अध्यक्ष गणेशप्रसाद पन्तले माग गर्दै यदी प्रसासनले गिरफ्तार गरेका व्यवसायीलाई रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिनु भएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com