नेपाली नारी आवाजले तीजको दर खाने दिन पारेर नेपालमा रहेका बृद्ध बृद्धाहरुलाई दर खुवाउने I

र्इजरायल साउन २० ,

नेपाली नारी आवाजले तीजको दर खाने दिन पारेर नेपालमा रहेका बृद्ध बृद्धाहरुलाई दर खुवाउने कार्यक्रम अन्तर्गत सहभोज कार्यक्रमको आयोजना गर्ने भएको छ । काठमाण्डौँको मातार्तिथमा रहेकेा मातातीर्थ बृद्धाश्रममा आश्रित बृद्ध बृद्धाहरुलाई तिजकेा अबसर पारेर दर खुवाउने साथै जाडोमा ओढ्ने बर्को र लगाउने कपडा समेत प्रदान गरिने जानकारी इजरायलबाट नेपाली नारी आवाज इजरायलकी अध्यक्ष लिला लिम्बुले जानकारी दिनुभएकेा छ । 

विगत केहि बर्ष देखि नेपालको विभिन्न क्षेत्रमा विकृतिको रुपमा विकास हुँदै गएको दिनहुँ दर खाने कार्यक्रम र त्यसले समाजमा बढाएको अनुत्पादक फजुल खर्चलाई रोकी गरीब तथा बृद्धबृद्धाहरुको खाद्यान्नको लागि सहयोग पुर्याएमा असली पुण्य कमाईने र एक छाक भने पनि भोकाहरुले पेट भर्न पाउने धारणा रहेको अध्यक्ष लिला लिम्बुले बताउनुभयो । 

दर नै खाने हो र खुवाउने हेा भने सहर बजारमा ठुला ठुला टेन्ट टाँगेर दिनहुँ महँगो दर खाने र खुवाउने गर्नु भन्दा बृद्धाश्रममा बसेका बेसहाराहरुलाई खुवाएमा सबै क्षेत्रमा राम्रेा सन्देश जाने अध्यक्ष लिम्बुकेा जिकीर छ । नेपाली नारि आवाज र्इजरायलले मातातीर्थ बृद्धाश्रममा रहेका बृद्ध, बृद्धाहरुको लागि दर खुवाउने कार्यक्रम आयोजना गर्नको लागि आर्थिक सहयोग संस्थामा आबद्ध सम्पूर्ण सहयोगी मनहरुबाट नै जुटाउने संस्थाकी सदस्य सुमित्रा पौडेल आँचलले जानकारी दिनुभयो । 

गत २००७ मा नेपाली नारी आवाजको नाममा इजरायलमा गठन गरिएको उक्त संस्था ६ बर्षपछि नेपालमा दर्ता गरिएको बैधानिक संस्था हो । अबका दिनमा समाजमा व्याप्त विकृति विसंगतीलाई हटाउन र इजरायलमा विचल्ली परेका नेपालीहरुका लागि सहयोग पुर्याउने लगायत नेपालको हकमा विभिन्न परोपकारी अभियानमा योगदान पुर्याउने साथै महिलाहरुको समस्या समाधान तथा हकहितको लागि आवाज उठाउने दीर्घ सोच रहेको पनि बताउनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com