विराटन श्रावन १९,
अनिल श्रेष्ठ : विराटनगरका मारवाडी महिलाहरूले महिलालाई लक्षित गरी दुईदिने विशेष तीज मेला शनिबार सम्पन्न गरेका छन्।
महिलाहरूलाई स्वावलम्बी बनाउने उद्देश्यले रोटरी क्लब अफ विराटनगर डाउन टाउनले तीज पर्वलाई लक्षित गरी तीज विशेष मेला सञ्चालन गरेको हो। मेलामा महिला तथा बालबालिकाका लागि उपयोगी सामानहरू राखिएका थिए। मेलामा १८ वटा स्टल थिए।
दुई दिनसम्म सञ्चालित मेलामा पहिरन एवं मेकअपका सामग्री मात्र नभै महिलाहरूलाई मन पर्ने खाद्य रकारका स्टल पनि थिए। मेलाको आयोजन गृहिणीहरूलाई स्वावलम्बी बनाउने उद्देश्यले गरिएको क्लबकी अध्यक्ष नितु तोदीले बताइन्।