काठमाण्डौ श्रावन १९,
दिन आउनुपर्ने रहेछ, मानिसको भाग्य चम्किनलाई' पुरानो यो उखान रीमा विश्वकर्माको हकमा लागू हुन्छ। प्रोगाम प्रेजेन्टर, न्युज रिडर हुँदै मोडलिङमा आएकि रीमा प्रारम्भिक दिनहरूमा खासै नजरमा थिइनन्, तर उनको यात्रा लामो रेसको घोडाझैं थियो।
सुरु-सुरुमा उनी म्युजिक भिडियो तथा डान्स पार्टी होस्टका रूपमा व्यस्त थिइन्, तर समय बित्दै जाँदा उनले चलचित्रमा नायिकाको भूमिका पनि पाइन्। रीमाद्वारा अभिनीत चलचित्र भिसा गर्लले पर्याप्त चर्चा पायो। निर्माणाधीन चलचित्र ऋतुमा उनलाई नायिकाका रूपमा लिइयो। यसबीच रीमाले मिस नेपाल २०१३ मा निर्णायकका रूपमा काम गर्ने अवसर पाइन्।
हालै मात्र उनले पत्रकार डब्बु क्षेत्री निर्देशित चलचित्र राहदानीको आइटम सङमा उनले कम्मर मर्काइन्। 'चलचित्रका थुप्रै प्रस्ताव आइरहेका छन्, तर राम्रो काम मात्र गर्ने मेरो योजना हो,' रीमाले भनिन्-'धेरै काम गर्नु सफलता होइन्, सबैले उच्च मूल्याकंन गर्ने काम गर्नु महत्वपूर्ण हो।'saptahik!!