हरेक मानिस शुखको चाह राख्दछ । दुखि हुन कहिल्यै चाहदैन तर शुख को परिभाषा हरेक व्यक्ति को प्रवृति हो । रुचि अनुसार बदलिन्छ एउटा मान्छे । एक थरि अरुलाई शुख दिएर आफु दुख झेल्न तत्पर हुन्छ । अरुलाइ सयोग गरेर, अरुको घाउमा मल्हम बन्छ उ र त्यसैमा गर्छ शुखानुभुती ।
र, अर्को थरि मान्छे जो नीच प्रवृतिको हुन्छ उ अरुलाई दुख दिएर सुखी हुन्छ खुसि हुन्छ । जब अरु खुसि हुन्छन तब उसलाई दुख हुन्छ त्यसैले शुख र दुख को परिभाषा आ-आफ्नै हुन सक्छन र व्यक्तिको रुचि अनुसार हर प्राणी अलग अलग हुन्छ त्यसै पनि कसैलाई अजम्बरी जीवन र शुख प्राप्त हुदैन न शुख स्थाई हुन्छ । न त सधैं दुख ।
यो संसार त परिबर्तनसिल छ । यहाँ हार क्षण परिबर्तन भै रहन्छ यो परिबर्तन प्रकृति को नियम हो यस धर्तीमा कुनै पनि वस्तु वा वनस्पति अजम्बरी छैनन् । यहाँ यस धरिमा जन्मिए पछि मर्नु पर्छ , यो कटु सत्यलाई न त सार्न सकिन्छ न त टार्न । तसर्थ शुख-दुख एक सिक्काका दुइ पाटा हुन् । शुख संगै मानिस ले दुख नि भोग्नु पर्छ । यो चक्र घुमिरहन्छ ।
यसैले कहिले हामी रोदनमा हुन्छौं त कहिले हर्षमा । मानव जिवानमा शुख र दुख लगातार आइ रहन्छ र गइ रहन्छ न यो चक्र रोकिन्छ न यो शुख दुख मानिस को जिवानमा रहिरहन्छन यदि शुख आयो भने सदा रहन्न र दुख पनि l यहीं दुइ पाटोको झोलुङ्गेमा हामी चाकाचुली गर्दै एक दिन जस्तो आएका थियौं त्यस्तै खालि हात जान्छौं । तसर्थ बाचुन्जेल स्वतन्त्र रुपमा बाँचु र अरुलाई पनि बाँच्न दिउँ ।
विष्णु तिमिल्सिना
पोखरा, हाल इज़रायल