सार्वजनिक धारामा दलित युवकमाथि जातीय भेदभाव र दुर्व्यवहार I

बैतडी श्रावन १८,

गोपाल सिवा: बैतडी ,आमचौरा गाविस-६ भनेगाडाका २२ वर्षीय गणेशराम सार्की र सोही ठाउँका २० वर्षीय प्रेमराम सार्कीलाई दशरथ चन्द नपा-१ देवल हाटको सार्वजनिक धारामा सोही नपा- १ देवल हाटका ७० वर्षीय गजले भट्टले २०७० साउन १७ गते जातीय भेदभाव गरी गाली बेइज्जती र दुर्व्यवहार गरेका छन् ।

सार्वजनिक धारामा कपडा धोइरहेको बेला आएका भट्टले डुम भनी गाली गर्नुका साथै मुखमा थुकेको थिए । आरोपितलाई कानुनी कारबाहीको माग गर्दै प्रहरीमा उजुरी गर्ने पीडित गणेशराम सार्कीले वताए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com