नारीदर्पण : यही २३ अगष्ट शुक्रबार २०१३ बेलुकी साँझ ८ बजे , नेपाल आदिबासी जनजाति महासङ्घ ,इजरायलले १९ औं विश्व आदिबासी दिवस तेल अभिवको वेतबार्बर हल हा_हगना-१३५ मा भव्यताका साथ गर्न गइरहेको ले इज़रायाल्मा कार्यरत आदिवासी लगायत सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुमा यस कार्यक्रममा उपस्थितिको लागि नेपाल जनजातिमहासङ्घ आवहान गर्दछ ।
नेपाल आदिबासी जनजाति महासंघका निबर्तमान महासचिव श्री आङ काजि शेर्पाको विशेष आतिथ्यमा र इजरायलका लागि नेपाली महामहिम राजदुत श्री प्रल्हाद कुमार प्रसाईं ज्युको प्रमुख आतिथ्यमा इज़रायल स्थित विविध जातीय सांस्कृतिक कार्यक्रम सहित भव्य रुपमा मनाउन गइरहेको छ । उक्त कार्यक्रममा प्रवेस नि:शुल्क गरेकको छ भने यातायात सुबिधा लेभिन्सकी पार्क देखि हल सम्मको लागि नि:शुल्क ब्यवस्था गरेको आयोजकले जनाएको छ ।
यस बृहत कार्यक्रम सफल पार्न स्थानिय सङ्घ संस्था, संचारकर्मी र इज़रायाल्मा कार्यरत सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुमा साथ् र सहयोग गरिदिनु हुन् महासंघको अनुरोध गर्दछ ।