बालमन्दिर आर्थिक संकटमा कर्मचारीले दुइ वर्षा देखि तलब पाएका छैनन् I

काठमाण्डौ श्रावन २१,

अनाथ र अस्सहाया बालबालिकाको साझा घरका रुपमा चिनिएको राजधानीमा रहेको नेपाल बाल्संगथान बालमन्दिर आर्थिक संकट बाट गुज्रिरहेको छ । बालमन्दिर मा काम गर्ने कर्मचारीहरुले बिगत दुइ वर्षा देखि तलब पाइरहेका छैनन् । 

भर्खर जन्मिएका देखि लिएर अठार वर्षा सम्मका बालबालिकाहरुलाई आश्रय दिने बालमन्दिरमा हाल चारसय बालबालिका आश्रित रहेका छन् । नेपाल बाल संगठन भित्रै संचालक समितिको  अपारदर्शिता सरकारको बेवास्ता संगठनको आफ्नै  सम्पत्तिको ब्यबस्थापन लगायत का समस्याका कारण बालमन्दिर यस्तो अबस्थामा पुगेको उक्त बालमन्दिरमा कार्यरत कर्मचारीहरुको भनाइ छ । 

बालमन्दिरमा आश्रित बालबालिकाहरुको भविष्य र कर्मचारीको तलब ब्यबस्थापनका लागि मन्त्रालयमा पहल गर्न तथा दाताहरु खोज्न आफुहरु क्रियासिल रहेको बालमन्दिर संचालक समितिका सदस्य चिजकुमार श्रेष्ठले बताए । बि.स. २०२१ सालमा स्थापना गरेको यस संस्था देशभर ११ ओटा साखाहरु रहेका छन् । उचित ब्यबस्थापनको अभावमा उक्त बालमन्दिरमा यति लामो समयसम्म पनि तलब बिनानै बालबालिकाको सेवामा लागिरहेका छन् ।  

कार्यालयको उच्च नेतृत्वले तलब माग्दा जाजिर नै छोडेर जाने चेतावानी दिने गरेको कर्मचारीहरुको गुनासो रहको छ  । यहाँ कार्यरत करिब सय जना कर्मचारीहरु कलिला बालबालिकाको जिवान संग खेलवाड गर्न नसकी आफुले पाउने पारिश्रमिक लागि आन्दोलनमा उत्रिन पनि नसकेको गुनासो गर्छन । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले कुनै पनि सहयोग गरेको छैन । 

बालबालिका लगायत प्रशासनिक खर्च समेत मन्त्रालयले नहेरी दिंदा यहाँका कर्मचारीहरु पीडित बन्न पुगेका छन् । बालमन्दिरको मुख्य आयस्रोतको रुपमा रहेको बिदेशमा धर्म पुत्र धर्म पुत्री पठाउन सरकारले सन् २००८ देखि प्रतिबन्द लगाएपछि पनि यहाँ थप आर्थिक संकट हुन् पुगेको सम्बन्धित अधिकारीहरुको भनाइ रहेको छ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com