गजल : By, सोमकृष्ण श्रेष्ठ I



कोपिला नै झर्ने मन कहाँ थियो र
पालुवा मै मर्ने मन कहाँ थियो र

दुःख भोग्न प्रदेशमा मातृ भूमी छाडि
समुन्र्ग त्यो तर्ने मन कहाँ थियो र

अकासमा उड्ने मैना कैदि हुनु पर्यो
पिँजडामा पर्ने मन कहाँ थियो र

विपत्ति नै परे पछि ठाउँ छाड्नै पर्यो
बसाइँ नै सर्ने मन कहाँ थियो र

मिठो चिज हुँदो होत कोदोको ढिंडोले
भोको पेट भर्ने मन कहाँ थियो र

कोपिला नै झर्ने मन कहाँ थियो र
पालुवा मै मर्ने मन कहाँ थियो र

सोमकृष्ण श्रेष्ठ
भिनपा, २ दोलखा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com