सक्कली र नक्कली ब्लु बुक चिन्न ट्राफिक प्रहरीलाई नै हम्मे परेपछि मोटरसाइकल चोरीमा बढेको छ । राजधानीमा हरेक महिना पचास देखि साठ्ठी ओटा मोटरसाइकल हाऔने गरेको तथ्यांक छ ।
काठमाण्डौमा पचास प्रतिसत मोटरसाइकलहरु नक्कली कागजात बनाइ बढी दाममा बिक्रि गर्ने र बिक्रि नभए कुनै पनि बहाना बनाएर आद्धा भन्दा बढी मुल्यमा धरौटी राख्छन र हुन्छ फरार ।
महानगरीय प्रहरी पक्राउ गरे अधिकांस मोटरसाइकल छोरि भएको भेटिएका छन् । मोटरसाइकल संगै समात्नेहरु वास्तविक चोर भन्दा पनि चोरहरु बाट मोटरसाइकल किन्ने ग्राहकहरु बढी छन् । राजधानीमा हराएको मोटरसाइकल खोज्न महानगरीय प्रहरीले अठ्थार जनाको टोलि नै गठन गरेको छ तर नक्कली कागजात बनाउने गिरोहतिर ध्यान अझै जान सकेको छैन ।
यसरि चोरि भएका मोटरसाइकल राजधानी नजिकैका जिल्लाहरु नुवाकोट, सिन्धुपाल्चोत, काभ्रे, दोलखा, रामेछाप लगाएतका दुर्गम भेगमा लगेर बुल बुक बिनानै बीस देखि पचास हजार रुपैंयामा बिर्की गरेको भेटिएको छ ।