बर्ड फ्लु को संक्रमण अझै I

काठमाण्डौ श्रावन २७,

साउन २ गत्ते यता भक्तपुरका ३९ स्थान मा बर्ड फ्लु को संक्रमण देखिएको छ । यसै बीच भक्तपुरमा रहेका कुखुरा फर्म मा आकस्मिक जाच गर्दा बर्ड फ्लु का जीवाणु हरु भेटिएका छन् । जिल्ला पशु स्वास्थ्य कार्यालयले भक्तपुरमा रहेका सबै फार्मका कुखुरा नष्ट गर्ने बताएको छ ।

उपत्यकामा बर्ड फुल को संक्रमणमा थप सक्रमित हुन् नदिनको लागि तीन वाटै जिल्लाका कुखुरा फारम, पसल र कोल्ड स्टोर मा अनुगमन गर्ने कार्य जारीरहेको निर्देशनालयले जानकारी दिएको छ । त्यस्तै उपत्यकाका नाकाहरु नागा भन्ज्यांग, फर्पिंग, थानकोट र नागार्जुनमा कडा चेकजाच गरि कुखुरा ओसार पसारमा ब्यबस्था मिलाइएको निर्देशनालयले जनाएको छ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com