वाशिंगटन डिसीमा तीन कृतीको परिचयात्मक कार्यक्रम सम्पन्न I

भर्जिनिया ,भाद्र १०,

विजय थापा : महाकवि लक्ष्मी प्रसाद देवकोटा शताब्दी सन्दर्भमा वाशिंगटन डिसी महानगर क्षेत्रमा सम्पन्न कविता महोत्सवमा बाचन गरिएका कविताहरु सहित तीन वटा कृतिहरुको परिचयात्मक कार्यक्रम सम्पन्न गरिएको छ  

उक्त कार्यक्रममा अमेरिकाबासी ३३ जना नेपाली कविहरुका ८७ कविता,महाकवि देवकोटाका ६ कविता र अन्य ७ समिक्षा समेत १ सयवटा रचना संकलन शताब्दी,नेपालको जन आन्दोलन २०६२ का अबसरमा साहदत प्राप्त गर्ने नेपाल सरकारले घोषणा गरेका २५ जना सहिदको परिचय र ५ हजार १ सय ५० जना घाइतेको सुक्ष्म अध्यन विश्लेषण समेटिएको शहिद तथा नेपाल बाहिर बस्ने ७५ जना नेपाली बालबालिकाहरुको रचना समेटिएको बाल सिर्जनाको समेत परिचयात्मक कार्यक्रम सम्पन्न गरियो  

न्यु योर्कका कबि मणि बांग्देलले बाल श्रीजना पुस्तक बारेमा परिचय र केहि जानकारी गराएका थिए lडा किसोर उप्रेतीले शहिद पुस्तक बारे परिचय दिएका थिए भने शिव प्रसाद सत्यालले सो पुस्तकहरुबारे विचार राखेका थिए  राम प्रसाद ज्ञवालीले देवकोटा बारेमा चर्चा गरेका थिए भने बहु आयामिक व्यक्तित्वहरुको बारेमा बोल्न र लेख्न गार्हो हुने विचार व्यक्त गरेका थिए  

डिसी महानगर क्षेत्रमा बसोबास गर्ने स्थानीय नेपाली बाल प्रतिभाहरुले कविता बाचन गरेका थिए  नारायण अधिकारीले कार्यक्रम संचालक गरेका थिए भने धन्यबाद ज्ञापन तथा कार्यक्रमको समापन लेखनाथ भण्डारीले गरेका थिए   बाल श्रीजनाको दोश्रो पुस्तक पनि प्रकाशनको तैयारीमा रहेको जानकारी भण्डारीले गराएका थिए 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com