गजल : By, कविराज मगर I



 मलाई सोधे मर्यो भन्दिनु ।

एउटा तारा मिर्मिरेमा झर्यो भन्दिनु
क-कसैले मलाई सोधे मर्यो भन्दिनु ।।

बसन्तको लहारीमा हिड्दै थियो अरे
चादनीको देश तिर बसाई सर्यो भन्दिनु ।।

सबै संग बिदा माग्ने रहर धेरै थियो अरे
समयलाई पछ्यौदा त्यस्तै पर्यो भन्दिनु ।।

बगैचाको एउटा फुल झर्यो भन्दिनु
खोजे भने संगिनीले मर्यो भन्दिनु ।।

कविराज मगर
दिप्लुंङ १ खोटांङ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com