भाद्र ९,
महेन्द्र कंडेल : उपाध्यक्ष एन आर एन : बेलायत
एनआरएन बेलायतका तत्कालीन बरिष्ठ उपाध्यक्ष र आगमी
कार्यकालका अध्यक्षका प्रत्यासी महेन्द्र कंडेल बेलायत
बासी नेपालीहरुको परिचित नाम हो । आगामी एनआरएनको
चुनावको बिषयले बेलायतको एनआरएनलाई निकै अन्योल
सिर्जना गरेको बिषयमा वरीपरी रहेर काठमाडौं टुडे डट
कमका यूरोप प्रतिनिधी पत्रकार दधिराज घिमिरेले लिनु भएको
अन्तवार्ता ।
महेन्द्रजी तपाईलाई त एनआरएन बेलायत फुटाउन लाग्नु भयो भन्ने
आरोप छ नी ?
धन्यवाद दधिजी, यो आरोपलाई म खारेज गर्दछु । एनआरएन बेलायत फुटाउन खोज्ने को
को हुन भन्ने बिषयमा अव बेलायतका नेपालीहरु बिच छिपेको छैन । मैले मेरो कुनै चुनाबी
भेटघाटमा एनआरएन संस्थाको बिरुद्ध बोलेको भए ति आरोप लगाउनेहरुलाई प्रमाण दिनको
लागी चुनौति दिन्छु । आजका मिती सम्म म एनआरएन भित्रनै एनआरएन
बेलायतलाई सबै बेलायतबसी नेपालीहरुको एनआरएन बनाउन प्रयासरत छु ।
गत चुनावमा तपाईले एनआरएन बिवाद रहित होस भनेर आप्mनो चुनावी दौ
ड छोडेर एनआरएनलाई बिवाद रहित बनाउन राम्रो भुमिका निभाउनु भएको
थियो अहिले पनि तपाईले यो संस्थाको हितकोलागी आप्mनो चुनाबी
अभियान छोडीदिनु भएको भए त राम्रो हुने थिएन र ?
मैले एनआरएन बेलायतलाई कसरी सबै बेलायतबासी नेपालीहरुको साझा बनाउन सकिन्छ भने
र गत चुनावमा बर्तमान अध्यक्ष कुल आचार्यलाई समर्थन गरेको हुं । मलाई के लागेको थियो
भने एउटा हिउदले जाडो जादैन भने झै अर्को कार्यकालमा मेरो पालो आउछ भनेर एक
पटक आफुले मिलेर जाने संस्कार बसाए पछि यो प्रकृयाले निरन्तरता पाउने छ भन्ने लागेको
थियो ।
आउने कार्यकालमा कम्तिमा अहिलेका कार्य समितीका साथिहरुले यो पद्धतीमा अडिक रहनु हुने
छ भन्ने लागेको थियो । तर यहां ठिक उल्टो भयो बेलयतका संपुर्ण संघ सस्था र जनता एनआर
एन सबैको साझा भन्ने बिषयमा चिन्तित रहेको पाईयो तर एनआरएन कार्य समितीका सदस्यहरु
नै एक बिरुद्ध अर्को भिडाउने र जसरी हुन्छ महेन्द्र कणेललाई हराउने भन्ने एक सुत्रिय
अभियानमा लाग्नु भयो यो एनआरएन बेलायतकोलागी बिड्म्वना हो ।
अहिले तपाईको मुख्य माग के हो ?
मेरो मुख्य माग भनेको निर्वाचन समिती भङ्ग गरेर संपुर्ण संघ संस्थाको प्रतितिनिधी रहने गरी
बिश्वसिलो निर्वाचन कमिटी निर्माण गरौं भन्ने हो ।
अहिलेको निर्वाचन समिती निर्माणमा पनि तपाईको पुर्ण समर्थन थियो भनिन्छ
? अहिले चुनाव हारीन्छकी भनेर तपाईले बेखडा झिक्नु भएको भनिन्छ नी ?
तपाईले ठिक बिषय उठाउनु भयो ।
निर्वाचन कमिटी बनाउदां अध्यक्षसंगको पटक पटकको बै
ठकमा मैले यो बिषय निरन्तर उठाउदै आएको थिएं । हामीहरु के बिषयमा सहमति भएका थियौं
भने एनआरएन बेलायतलाई चुनावी प्रकृयाबाट भन्दा पनि बिगतमा जस्तै मिलाएर लैजाने भन्ने
थियो । जव चुनावको प्रकृयानै हुदैन यो निर्वाचन कमिटी केवल औपचारीकतालाई निर्माण गर्ने
हो तपाई यो बिषयमा किन शकां गर्नु हुन्छ भनियो । फेरी बैठकमा महेन्द्र कंडेल बिवाद
मात्र सिर्जना गर्छ पुरै कमिटीलाई बिश्वास गर्दैन भन्ने बिषयले बिवाद सिर्जना नहोस भनेर मै
ले बर्तमान निवार्चन कमिटी निर्माणमा सहमति गरेकै हुं । मैले यहि बिषयमा ध्यांन दिन नसके
कै हो, मैले झुट बोल्न हुदैन । तर निर्वाचन कमिटीको निर्माण भएको भोली पल्ट दे
खीनै कार्य समितीका साथिहरुनै अर्को अध्यक्षको उमेद्धारको खोजिमा हिड्नु भयो ।
बिगत देखीको
समझदारीलाई लत्याउनु भयो । मेरो भनाई यति मात्रै हो की चुनावमा गई सके पछी उमे
द्धावार जो पनि बन्न सक्छन तर बिगतको राम्रो पक्षलाई यो कार्य समितीले निरन्तर दिने की नदिने
? बिगतमा मेरा मतदाताहरुलाई मनमा अमिलो बनाएर समझदारीमा एनआरएन चलाउ भनेर मैले
गरेको कार्यलाई यो कार्य समितीले निरन्तरता दिने बिषयमा किन अडिन सकेन । मुख्य समस्य यहिनै
हो । यहि बिन्दुबाट समस्याको हल खोजिनु पर्छ ।
होईन तपाईले त सदस्य फर्म लिएकाहरुलाई एक बजे सम्म लाईनमा राखेर
एका एक मतदाता नामावली दर्ता नगरी फर्काउनु भयो यो त ति मतदाताहरु माथि
ठुलो अन्तर्घात भएन र ?
महेन्द्र कंडेललाई हजारौं एनआरएन सदस्यहरुले परिवर्तनका बिषेस एजेण्डालाई साथ दिएका
हुन । केवल सदस्य बन्नकैलागी साथ दिएका थिएनन् ।
किन बहुसख्यकं सदस्य ढोकामा पुगेर फके
र्
किन बिश्वास गरेनन् सदस्य बन्नको लागी यो त सामन्य सदस्यको बिषय हो । यो महेन्द्र कंडे
लकोमात्र बिषय होईन । महेन्द्र कंडेलले रक्यो रे एघार हजारलाई महेन्द्र कणेलले रोकेर
रोकिन्छ । मात्र के हो भने ति एघार हजारले अहिलेका निर्वाचन कमिटी माथि गरेको शकां हो,
अबिश्वास हो । मैले कहिलै नभेटेका सयौं सदस्यहरु निर्वाचन कार्यलयको अगाडी कार्यसमितीको बिर
ोधमा फर्म दर्ता नगरी फर्कनु भएको थियो । किनकी संपुर्ण सदस्यहरु बिगतको परम्परालाई
तोड्न चाहान्छन र त्य परिवर्तनको मागलाई महेन्द्र कंडेलले नेतृत्व गरेकाले ब्यक्ति जस्तो
बनाईएको हो । एनआरएन भित्र बिगत देखी अहिले सम्म केहि ब्यक्तिले आप्mनो स्वर्थ
अनुकुल प्रयोग गर्दै आएको प्रकृयालाई बिघटन गर्दै संपुण बेलायतबासी नेपालीको एनआर
एनलाई साझा संस्थाकोरुपमा बिकास गर्नको लागी मलाई बिश्वास गरेका छन । मैले निर्वाचन
कमिटी निर्माण प्रकृया गलत भयो भनेर निरन्तर आवाज उठाई रहेको थिए ।
१७ अगष्टमा सदस्यता
दर्ता गर्ने अन्तिम दिन बिहानै देखी निवार्चन कार्यलय भित्र केहि बिवादहरु देखीयो भनेर मलाई
खवरहरु भयो । म लगभग १२ बजे मात्र कार्यलय आएको थिएं । कार्यलय बाहिर लगभग दुई सयको
सख्यांले तत्कालिन कार्य समिती र निर्वाचन कमिटीको चर्को बिरोध गरी रहेका थिए । बिवाद यति बढे
को थियो कि कार्यसमितीका कुनै सदस्य बाहिर आएर ति सदस्य फर्म लिएर बसेकाहरुको बिचमा
आश्वस्थ पार्न सकेका थिएनन । मैले बेलायतको समाजमा ति उठेको आवाजलाई पनि संबोधन गर्नु
पर्ने थियो । ति आवाजलाई मैले बेवास्था गर्न सक्ने पक्षमा थिईन चाहे ति मेरा पक्षमा हुन वा ति
बिपक्षमा हुन । निर्वाचन कार्यलय भित्र जांदा त बाहिर भन्दा त भित्र झन भद्रगोल रहेछ ।
निर्वाचनमा लड्छु भन्नेहरुनै सदस्यता फर्म चेक गर्ने कस्को पक्षको कती फर्म आयो कुन नम्वर
मा पर्छ भनेर लागत राख्ने टिक्डम देखीयो यो सबै खेल महेन्द्र कंडेललाई हराउने हो
भन्ने बुझाई भयो ।
फेरी पनि मैले कमसे कम बिगत देखी प्रस्ताव गरेका साथिहरुलाई
निर्वाचन कमिटी राखौं, बाहिर देखीएको बिवादलाई पनि संबोधन गरौं भने पछि पहिला त
हुन्छ भनियो फर्म बुझाउन लाम लागीयो तर एक छिन पछि निर्वाचन कमिटीको सदस्यले केहि
गर्न सकिदैन तपाई जे गर्न सक्नु हुन्छ गर्नुस भनेर ठुलो स्वर गरीयो कार्य समितीका अन्य साथिहरु
भरखरै भएको सहमतिलाई लागु गर्न सक्नु भएन । मलाई मेरा मतदाताहरुले परिवर्तनको एजे
ण्डालाई लागु गर्नको लागी आप्mनो मतको लागी फर्म दिनु भएको हो मैले ति मतदाहरुको
मतको कुनै ग्यारेन्टि देखीन र कार्य समितीले म लगाएत बाहिर रहेका अन्य उमेद्धारहरुलाई पनि
आश्वस्थ गराउन सकेन त्यसैले हामीले सदस्यता दर्ता गर्ने क्रमबाट बाहिरिएका हौं ।
अवको तपाईको बाटो के हो त ?
सर्व प्रथम त निर्वाचन कमिटी भङ्ग गरेर बेलायत स्थित बिभिन्न सामाजिक संघ संगठनको प्रतिनिधी
मुलक निर्वाचन कमिटीको गठन हुनु पर्यो ।
त्यो कमिटीले मात्र निर्वाचन धांधलीरहित हुन्छ
भन्ने बिषयमा आश्वस्थ पार्न सक्छ । समयको परिवर्तन सगैं समाजको आवश्यकता र मागमा पनि परिवर्तन
आउछ । सदस्यता वनाउने प्रकृयाको होडबाजीमा जुन बाटोको बिकास भयो यो संपुर्ण एनआर
एन बेलायतको कार्य समितीको असफलता भयो । यो भर्खरै बेलायतको सदस्यता दर्तामा देखिएको
समस्या हो । यहां भोट हाल्ने मत्रै हैन उमेद्धारी दिनको लागी कुन उमेद्धारले कति पैसा खर्च
गर्यो भन्ने गलत कुराले मुख्य ठांउ पाएको यो बिषयलाई कसरी हल गर्ने भन्ने तिर ध्यान
दिने की नदिने । हो म पनि त्यहि कार्य समितीमा रहेकोले दोषको भागी छु तर प्रकृया त गलत
भयो भनेको छु । उमेद्धारले पैसा तिरेर सदस्यता बनाउने प्रकृयालाई बन्देज लगाउने बिधी के
हो भन्ने बिषयमा छलफल चलाउने की नचलाउने ।
एनआरएन सदस्य धेरैमा तिन पाउण्डमा दर्ता
गराउन पाउने गरेर लाखौं बेलायतबासी नेपालीहरुको साझ सस्थाको रुपामा बिकास गर्ने मेरो
भुमिका रहने छ । बेलायतको एनआरएन सबैको एनआरएन बनाउने भुमिकामा आगामि दिनमा निर
न्तर लागी रहने छु ।
पत्रपत्रिकामा तपाईलाई एनआरन सदस्यहरुको पैसा खाएर हिड्यो भन्ने आरो
प लागेको छ नी ?
जव परिवर्तनकारीहरु आन्दोलनलाई अगाडी बढाउछन अनि प्रतिगामिहरुको निद हराम हुन्छ । अनि
बरवराउन थाल्छन समाजलाई भ्रम पार्ने कोषिस गर्छन । बेलायतमा पनि त्यहि भएको हो । महे
न्द्र कंडेललाई जुन बिश्वासले बेलायतबासीहरुले आप्mनो सदस्यता फर्म भर्नु भयो त्यो
बिश्वास भनेको एनआरएन बेलायतलाई केहि ब्यक्तिको चुगुंलबट बेलायतबासी नेपालीहरु
को साझा बनाउने भन्ने मत थियो र अधिकांस मेरा मतदाताहरुले यदि हाम्रो मतको सुरक्षको
ग्यारेन्टि हुदैन भने हाम्रो मत हामीलाईनै फिर्ता गर्न भन्ने म्याण्डेट पनि थियो । मैले त्याहां मतदाताको सुरक्षा देखीन र मतदातालाई फर्म नबुझउनु भनेको हो ।
किन त्यत्रो
दस हजार मतदाताको भावाना माथि खेलवाड गरीयो भनेर एनआरएन कार्य समितीलाई सोधीरहेका
छन । दसहजार मतदातालाई तिमीहरु एनआरएन होईनौं भनेर कुनै निर्वाचनको नाटक गरीन्छ
भने बाहिर रहेको मत र आवाजको नेतृत्व मैले गर्नु पर्छ । जांहा सम्म पैसा खायो भन्ने आरो
प छ म त हरेक दिन ति साथिहरुसंग अन्र्तकृयामा छु मैले फर्म नबुझाउनाका कारणहरु बिषयमा
अन्तकृयामानै छु । कसैले पनि पैसाको बिषय त उठाएकानै छैनन् । यो कुन प्रकृयाबाट फर्म
बुझाईयो र बुझाउने प्रकृयामा थिए भन्ने बिषयमा सबै ज्ञातानै छन त्यसैले पैसाको बिषय
उठाएर भ्रम पार्न खोजिन्छ भने बेलायतबासी नेपालीहरुले तिनीहरुको जवाफ दिने छन ।
तपाई करीव करीव निर्वाचनको दौडबाट बाहिरीनु भएको जस्तो लाग्यो
निर्वाचनको कार्यक्रम प्रकृयामानै अगाडी बढ्छ भनेर अध्यक्षले भनि
पनि सक्नु भयो । यो प्रकृायालाई रोक्न तपाईको कुनै योजनाहरु छन त ?
महेन्द्र कंडेलले उठाएको माग बेलायतबासी नेपालीहरुको माग हो ।
आज एउटा महेन्द्र
कंडेलले यो मागबाट भाग्यो भने अरु महेन्द्र कंडेलले यो मागलाई उठाउने छन । मुख्य
कुरा मैले उठाएको बिषय बस्तु ठिक छ कि छैन भन्ने हो र मैले उठाएको बिषयमा एक दिन
एनआरएनले अबलम्वन गर्नुनै पर्छ । जवसम्म मेरो माग एनआरएन भित्र लागु हुदैन यो दुई
बर्ष को कार्य समिती बन्छ र सकिन्छ फेरी अर्को आउछ तर संपुर्ण बेलायतबासीको एनआरएन
हुनै सक्दैन । किन बेलायतबासी नेपालीले आप्mनै हितकोलागी एनआरएन हो भनेर स्वीकार
ेको छैन । सदस्यता फर्म भर्दा भग्नु सदस्यहरुले के बिषय उठाए भन्ने बिषयमा छलफल
चलाउनु पर्ने जरुरी छ । मेले उठाएको आवाजले बेलायत मात्र नभएर अरु देशहरुमा पनि बहस
सिर्जना गरेको छ । एनआरएन साझा हो की समस्या हो भन्ने पनि गरेका छन । एनआरएनले
संपुर्ण संघ सस्थाहरुलाई बिबादमा होमिदिएको छ ।
अव केन्द्रमा पनि यो बिषयमा छलफल
चलेको छ सायद एउटा निश्चित बिधीको बिकास भएरै छाड्ला । चुनवबाट त हामी भागेका छैनौ
हामी त संपुर्ण बेलायतबासी चुनावमा सहभागी हुने बातवरणको सृर्जना गरौं भनेका छौं । अव
हुने प्रकृयालाई रोक्नु पर्ने भन्ने लाग्दैन किनकी दस हजार सदस्यले सदस्य हुने प्रकृयाबाट
बाहिर बसेर संपुर्ण प्रकृया बन्द गरी दिनु भएको छ । अव बन्द भएको प्रकृयालाई निश्चित
बिधी बनाएर सुरु गर्नु पर्छ र त्या मात्र एक मात्र बाटाो हो ।
अहिले बढेको प्रकृयामा तपाईहरु भाग नलिने ?
मैले मथिनै भनि सकें त्यो प्रकृयाको अन्त भई सक्यो अव नयां प्रकृयाको थालनी नगरी
कुनै उपाय छैन । कसैले कसैलाई भोलि टिको लगाएर अध्यक्ष भईस भन्दैमा हुदैन । यदि
वनाईयो भने पनि बेलायतको समाजले मान्य छैन । अहिलेको निर्वाचन कमिटीलाई त दशौं
हजार सदस्यले बहिस्कार गरी सक्यो ।
यो त सबैले बुझेको बिषयनै हो । ति सदस्यलाई तिमीहरु
सदस्य होईनौ भन्छन भने हामी हाम्रा सुभचिन्तकको बिचबाटै सबै कार्यक्रम बनाउने छौं ।
थोरै प्रसंग बदलौं तपाईलाई बेलायतको माओबादीको नेता हो भन्छन
के यो सत्य हो ?
मैले सांचो बोल्नु पर्छ । बिगतमा मेरो पृष्टभुमि बामपन्थीनै हो । म परिवर्तनको पक्षमा
आवाज उठाउने ब्यक्ति भएकोले नेपालमा माओबादीले लिएको कार्यनितीले नेपाललाई
अगाडी बढाउछ भनेर मैले समर्थन गरेको हो । जव म ब्यवसायमा तर्फ बढी समय दिन थालें अनि
म सामजिक काममा रुचि बढ्दै गायो । बिषेसत एनआरएनमा आए पछि मैले आफुलाई सामाजिकरु
पमा परिवर्तन गरें । हिजोका दिनमा राजनैतिकरुपले निकट साथिहरुसंग मेरो घनिष्टता कायमै छ । ने
पालको राजनैतिक बिषयमा छलफल र बैचारीक बहस माओबादीका सथिहरुसंगनै हुने हुनाले म मा
माओबादी निकट देख्नुमा म अन्यथा ठान्दिन तर म नेता चांहि होईन ।
तपाईल माओबादीको नेता होईन भन्नु हुन्छ, तर माओबादी र जनजाति
मिलेर एनआरएनको बिरोध गरें भन्ने आरोप छ नी ?
यो बिल्कुल झुट कुरा हो । मैले बिगत देखी उठाउदै आएको बिषयमा जनजातिका साथिहरु
ले उठाउनु भएको बिषयमा अहिले एकता भएको हो । त्यसैले हामी उठाएको बिषय के
हो भन्ने बिषय मुख्य हो । यो बिषय जनजातिका साथिहरुले मात्र नभएर बिभिन्न राजनैतिक
पार्टीका संगठनहरुले पनि उठाएको बिषय हो । बिभिन्न सामाजिक संघ सस्थाहरुले उठाएको
बिषय हो यहि बिषयको वरीपरी बेलायत भरी रहेका संपुर्ण सामाजिक संघ सस्था र राजनैतिक
पार्टीका संगठनहरुसंग कार्यगत एकता हुन सक्छ यो कुनै नौलो बिषय हो भन्ने मलाई
लाग्दैन । एनआरएनका सदस्यहरु कसरी एनआरएन बेलायतमा हाबी हुने कोषिस गर्दै छन भन्ने
बिषयमा हामीसंग प्रसस्त प्रमाणहरु छन राजनैतिक पार्टिको बैठकले निर्णय गरेर कुन पदमा को
को एनआरएनमा पठाउने भनेर निर्णय गरेर पठाउछन अव भन्नुहोस राजनिति बाट मुक्त एनआर
एन भन्ने अनि राजनितीबाट निर्णय गरेर आउने यो कसरी मिल्यो अनि ति साथिहरुनै राजनिती
भयो भन्ने ।
यदि म कुनै संगठनको निर्णयबाट अध्यक्षको प्रत्यसी भएको प्रमाण लिएर आउन
ति साथिहरुले चुनौति दिन्छु ।
अहिले उठेको बिषय भनेको समाजलाई कसरी एकता बनाई राख्ने भन्ने हो । बेलायतको सवालमा
जनजातिको समस्या मुख्य हो । जनजातिलाई भोट बैकं रुपमा बुभ्mने जुन समस्या छ त्यो
बिषयमा जनजातिले आप्mनो माग राख्न नपाउने । प्रकृयामा भएको त्रुति सच्याउने कि भाग्ने
। अहिलेको समस्या उत्पन्न भए पछि म आठ दस वटा अन्तकृयामा सहभागी भई सकेको छु तर अरु
साथिहरु काता हुनुहुन्छ । संपुर्ण जनजाति र संघ संगठनलाई बाहिर राखेर कस्तो एनआरएन
बनाउन खोज्दै हुनुहुन्छ ।
नेपालको राजनितीलाई कसरी बुभ्mनु भएको छ ?
र नेपालकै राजनितीको
प्रतिबिम्व बेलायतमा पनि देखीएको जस्तो तपाईलाई लाग्छ की लाग्दैन ?
म नेपालकै राजनिती प्रतिबिम्व बेलायतमा देखीएको छ भन्ने त लाग्दैन किनकी नेपालमा रहेका
नेपालीहरुको समस्या र बेलायतमा रहेका नेपालीहरुको समस्या अलि भिन्न प्रकारको छ । तर पनि के
हि बिषयहरुमा हामीहरुले समानरुपले सोचि रहेका हुन्छौं जस्तै कस्तो नोपाल बनाृउने भन्ने
बिषयमा यहांका नेपालीहरुको बिभिन्न धारणा छ । कुनैन कुनै कुनामा यो बिषयले पनि ठाउं
पाएको छ । नेपालमा जस्तै यहां पनि अन्तमा संघियता पक्ष र संघियता बिरोधी दुईधारमा बिकास
हुने जस्तो देखीन्छ । किनकी यो बिषयमा बेलायतको समाजमा प्रसस्त ठांउ ओगेटेको छ । यो
धुब्रिकरणको प्रकृया तिब्ररुपले बढेको छ ।
अन्तमा बेलायतबासी नेपालीहरुलाई के भन्नु हुन्छ ?
एनआरएन भित्रको बिकृतीलाई केहि हद सम्म सतहमा आएको छ । यो अभियानलाई आन्दो
लनकोरुपमा बिकास गर्नकालागी यहांहरुको साथ रहने छ । एनआरएन बेलायत संपुर्ण बेलायतबासी नेपालीको साझा बनाऔं भन्ने अभियानलाई यहांहरुको साथ पाउने छु भन्ने मा
पुर्ण बिश्वास गर्दछु ।