भर्जिनिया अमेरिका भाद्र ९,
विजय थापा : उत्तर अमेरिका कै नेपाली समुदायको जेष्ठ संस्था "अमेरिका नेपाल सोसाईटी (ए एन एस ), वाशिंगटन डि.सी तथा डिसी नेपाली दुतावास बीच भएको "मैत्री-पूर्ण" फुटबल (भकुण्डो )खेल सम्पन्न भएको छ भने उक्त खेलमा वाशिंगटन डिसी दुतावास समुहको तर्फबाट राजदुत डा शंकर प्रसाद शर्मा टोलि कप्तान बनि खेलेका हुन् ।
सदैब औपचारिक वस्त्रमा देखिने राजदूत पूर्ण खेलाडी झै मैदानमा उत्रेका थिए lनेपाली दुतावासले यसरी खेलमा सहभागी हुदा नेपाली समुदाय र दुतावास बीच प्रगाढ सम्बन्ध हुने ,सद्भाव तथा सोहार्दता अभिवृद्धि हुने भनि राजदूत शर्माले भने । राजदुत डा० शंकर शर्मा -टोलि कप्तान को साथमा दूताबासका सबै कर्मचारीहरुले खेलेका थिए भने अमेरिका नेपाल समाजको तर्फबाट अधक्ष्य डा ठाकुर पुडासैनीको नेतृत्वमा वर्तमान पदाधिकारी तथा भूतपूर्व अधक्ष्यहरु समेतले खेल खेली मनोरंजन दिलाएका थिए । नेपालका राष्ट्रिय स्तरका उसु खेलाडी चन्द्र लामाले निर्णायकको भूमिका गरेका थिए ।
अमेरिका नेपाल सोसाइटी (समाज)का भूतपूर्व अध्यक्ष खेम भट्टचनको पाला देखी यो राजदूत पदक प्रतियोगिता (Ambassador Cup Soccer )खेल खेल्ने चलन शुरु भएको हो - निर्णायक चन्द्र लामाले जानकारी गराएका छन् । दुतावासले ५ पटक गोल प्रहार गर्दा पनी पाचौ पटक अमेरिका नेपाल समाजबाट रक्षा गरि दिए पछि दूताबासले गोल गर्न पाएन । बिहानीको टहल( मर्निङ्ग-वाक )गर्दा हृदय घात भै वाशिंगटन डि सी .मा दु:खद निधन भएका पूर्व राजदुत स्वर्गीय जय प्रताप राणाको सम्झऩामा राजदूत भकुण्डो पदक प्रतियोगिता "एम्बासडर कप सकर टुर्नामेन्ट" को आयोजना ग्रीष्मकालिन बनभोजको बेला अमेरिका नेपाल सोसाइटी ( समाज ) ले हरेक बर्ष खेल्ने गर्दछ भनि अमेरिका नेपाल सोसाइटी(समाज )का पूर्व अध्यक्ष खेम भट्टचनले ।