भरतपूर,चितवन साउन १७,
शिशिर सिंखडा, : सवारी चेक जाँचको क्रममा लाइसेन्स लिएर ट्राफिक प्र हरीले हराइदिएपछि पूर्वी चितवन रत्ननगर १२ अमिलियाका एक व्यक्ति समस्यामा परेका छन् । रत्ननगर १२ अमिलियाका ३५ वर्षिय सरोज खनाल घर वाट मनकामना जाँदै गर्दा ट्राफिक प्रहरी कार्यालय मुग्लिनको टोलिले २० ६९ साल पुस १ गते चेक जाँचको क्रममा लाइसेन्स नियन्त्रणमा लिएको थियो ।
पिडित सरोज खनालका अनुसार चितवन वाट मनकामना जाने क्रममा मुग्लिन प्रहरीले आÇनो लाइसेन्स नियन्त्रणमा लिएको जनाएका छन् । मनकामनामा व्यवसाय गर्दै आएका खनाल मोटरसाइकलमा जाने क्रममा व्लू वुक लान छुटेकाले व्लू वुक भोलिपल्ट ल्याउने सर्तमा उनले रातो चिट काटेर लाइसेन्स छाडेर गएका थिए । भोलिपल्ट व्लू वुक लिएर जाँदा सो कार्यालयमा उनको लाइसेन्स भेटाउन नसकि हर ाएको प्रहरीले वताएको थियो ।
मूग्लिनमा कार्यरत प्रहरी जवान चिरन्जिवि पाण्ड्ले सो रातो चिट नं. ४५२९ काटेर आफुलाई पठाएको पिडित खनालले वताएका छन् । मोटरसाइकल सवारी चालक अनुमति पत्र (लाइसेन्स) नं. ३८११०२ को लाइसेन्स लिन आफू मूग्लिन प्रहरीमा पटक पटक धाउँदा हैरानि भएको उनले वताएका छन् ।
मुग्लिन मात्र होइन जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपूरमा पनि पटक पटक जाँदा लाइसेन्स खोजे जस्तो गर्छन अनि आज आउनु भोलि आउनु भन्दै हैरानि पार्छन । उता आÇनो व्यवसाय मनकामनामा रहेकोले आँउदा जाँदा व्यवसायपनि चौपट भैरक्यो उनले दुखेसो पोखे । यसरी ट्राफिकले नै लाइसेन्स हराइदिदाँ धेरै समस्या भो ग्नु परिरहेको उनको भनाई थियो ।