काठमाण्डौ श्रावन १७,
भारत पटना स्थित एक निजि बिद्यालय संचालकले बन्धक बनाएर यौन सोषण बाट पीडित एक नेपालि बालिकाको सकुशल उद्धार भएको छ ।
गत छ महिना देखि पटना रहेको डिनुविलिमिसन बोर्ड बोर्डिंग स्कुलका संचालकले बन्धक बनाएर राखेको रौतहटको जुलिबेला गाबिस वडा न: १ बस्ने तेह्र बर्षीय बालिकालाई सकुशल उद्धार भएको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार भारतीय प्रहरीको सहयोगमा बालिकालाई गत मंगलबार विद्यालयको छात्रावास बाट उद्धार गराइएको थियो । प्रहरी र महिला आदवा समुहले उद्धार गरेर ल्याएका ती बालिकालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा अभिभाक्लाई जिम्मा लगाइएको थियो । रोजगारीमा गएका नेपाली उक्त स्कुलका संचालक रंजन राइयाद्बले विभिन्न प्रलोभनमा पारेर आफ्नो स्कुल मा पुर्याउने र सरम सोषण तथा यौन दुर्ब्यबहार गर्ने गरेको पीडित बालिकाले बताइन ।