गजल : By, कल्पना पौडेल "जिज्ञासु" I



मन जोडेर छुट्नु भन्दा न् जोडेकै जाती
बिछोड हुँदा पोल्छ छाती तल देखी माथि

बिर्सिन्छ संसारनै माया प्रिती गास्ता खेरी
पुर्णिमाको जुन झै लाग्छ अध्यारा ति राती

जती पायो कमै लाग्ने प्रेमको भोक कस्तो
प्रिय बिना हुन्छ जीवन तेल सुकेको बाती

इर्श्याले आगो बल्छ मायाको त्यै हो लक्षण
बाढिन्छ कि भनी सँखा हुन्छ अनेक भाती

पिडा र् बेचैनिले सताउछ यो सम्बन्धमा
प्रेमी भन्दा ठीक बनाउन असल साथी

 कल्पना पौडेल "जिज्ञासु"
 गैडाकोट,४,नवलपरासी
 हाल:इजरायल
  कल्पना पौडेल:  

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com