मुक्तक_
१,
रम्दैछौँ रे धेरै तिमी साइनो नयाँ गाँसे पछि ।
पिरती यो हो भन्छौं रे बनावटी नाम टांसे पछि ।
जरुवाको मुहान सम्झेथें, खहरे पो रहेछ तिम्रो प्रेम . .
यस्तो श्रद्धान्जली त कति गरे भन्छौं रे, मेरो मन भाँचे पछि ।
२,
यहाँ फेरी त्यहीं वाद भयो ।
खासखुस गरि राष्ट्रकै घात भयो ।
सुन्ने भएनन यहाँ, सुनाउने मात्रै..
सच्चा कलमको सधैं यहाँ प्रतिवाद भयो ।
अनुप्रिया गौतम
काठमाण्डौ