देश लुट्नेहरुलाई आज मज्जाले गाली गर्नेछु
बेइमानीको नाम धज्जी उडाउँदै ताली गर्नेछु
गोरुलाई बरु सम्मान गर्दै आराम गर्न दिउ
यिनलाई आज नार्नलाई जुवामा हाली गर्नेछु
जति भनेनी सुध्रेनन् यिनका मुख अझै हसिलो
साथीभाई सब मिलेर मुहारमा काली गर्नेछु
कति थारो मात्र पाल्नु देशको ढुकुटी सकी सकी
कि हटाउनु पर्यो सधैको लागि या बाली गर्नेछु
भ्रस्ट्राचारमा चुर्लुम्म डुबी लुट्नु लुट्यौ मेरो देश
खल्ती बाँकी नराखी सबै छानी छानी खाली गर्नेछु
एउटा सजिलो उपाए छ नि सुधार्न यिनलाई
आज बिशाल "सागर"मा हुत्ताएर फाली गर्नेछु
सागर सिल्वाल