भाद्र ७,
गर्भमा शिशु कुहिएर पनि बाच्न सफल मुगुकी महिला लछिमा बुढाको मृत्यु भएको छ । शल्यक्रिया गरिएको तीन सातापछि उनको मृत्यु भएको हो । उपचार अभावमा लछिमाले करीब २० दिन मृत शिशु गर्भमै राख्नु परेको थियो ।
स्थानीय रारा अस्पतालका चिकित्सकले सेनाको सहयोगमा रगत व्यवस्था गरेर मृत शिशु निकालि उनको ज्यान जोगाएका थिए । तर मंगलबार डिस्चार्ज भएकि लछिमाको घर पुगेकै साँझ मृत्यु भएको छ । सुबिधा सम्पन्न अस्पतालमा लगेर उपचार गराउने लामो प्रयास असफल भएपछि स्थानीय चिकित्सकले जोखिम मोलेर उपचार गरेका थिए ।
बाहिर लगेर उपचार गर्नुपर्ने अवस्था थियो, तर विकल्प नभएपछि हामीले यहीं गरेकोे प्रयास सफल पनि भएको थियो ।’ उपचारमा संलग्न राराका चिकित्सक डा. किशोर परियारले भने । १६ दिनको उपचारपछि उनलाई परिवारको आग्रहमा मंगलबार विहान १० बजे डिस्चार्ज गरिएको थियो । अस्पतालका चिकित्सक डा. परियारका अनुसार उनलाई औषधि दिएर बोकेर घर लैजान भनिएको थियो ।
दुई महिनासम्म पूर्ण रुपमा आरामा गर्नुपर्ने सल्लाह समेत दिएर पठाएको डा. परियारले बताए । ‘डिस्चार्जगर्दा सबै अंगले राम्रो काम गरेको थियो,’ डा. परियारले भने ‘अथक प्रयासले बचाएको महिलाको मृत्युको खबर सुन्दा आश्चर्य लागेको छ ।’ डा. परियारले थप केही दिन अस्पतालमा राख्नुपर्ने अवस्था रहेपनि परिवारले लान जोड गरेका कारण सल्लाह दिएर डिस्चार्ज गरेको बताएका छन् ।(स्वास्थ्य खबर बाट)