जात भात छुवाछुत घर घेर्ने हामी !
ओछ्यानमा मुख छॊपी नीति खेर्ने हामी !!
झार्ने खोज्ने नेपालका नेताहरु भोट !
झर्ला अनि खानु पर्ला भनी हेर्ने हामी !!
अभि नेता अभि नेत्री नांगेझार हुँदा !
मनमनै आनन्दको सास फेर्ने हामी !!
गजलकार साहित्यकार शब्द शब्द जोडी !
नेपाल र नेपालीको भाग्य केर्ने हामी !!
कोहि लाग्ने चीन तिर कोहि भने भारत !
बिदेशीको खुल्ला धम्कि झटै टेर्ने हामी!!
तारा प्रसाद अधिकारी
दानाबारी,गरुवा ईलाम