माया लाए लुकिचोरि कस्लाइ गर्नु के गुनासो,
मेरो आफ्नै हो कम्जोरि कस्लाइ गर्नु के गुनासो
खुलेका यी ओठका लाली कल्कलाउदो यौवन सङ्गै,
हेर्छ रे उ एक्कोहोरि कस्लाइ गर्नु के गुनासो
साथ पाउँदा हात पाउँदा अन्त्यमा त घात पाउदा,
बुझाउछु मन गजल कोरि कस्लाइ गर्नु के गुनासो
जुन छुने लक्ष्य सङ्गै आखिरी मा भुइमै रहे,
टाढा आए आफ्ना छोडि कस्लाइ गर्नु के गुनासो
मनका दर्द पीडा पोख्न पाइदैन साथि अचेल,
जान्छन सबै पाइला मोडि कस्लाइ गर्नु के गुनासो
गीता "मन्जरी"
काभ्रे,भकुन्डे
हाल-काठमान्डौ,नेपाल