"गरिबी" जाडोको मौसम छ, आफ्नो घर बाहिरको बरन्डाको एक छेउमा घाम लागेको ठाउ पट्टि बसेर दील परियार लुगा सिउन ब्यस्त छन । घर भित्रको झ्यालबाट छोरा सन्तोषले टाउको अलिकति निकाल्दै चिच्याउदै भन्यो बुवा बुवा । मलाई अति नै जाडो लाग्छ मेरो लागी पनि एउटा कोट सिलाइ दिनु न । दील परियारले भन्यो छोरा । अहिले घाम लागेको छ जाऊ एक छिन गएर बाहिर घाममा खेल बाबु - आज फुर्सद भयो भने म सिलाइ दिउला ।
जाडोले कठ्याँनरिएर थर थर काप्दै हातहरु मुट्ठी पार्दै बाबुको छेउमा एक छिन आएर सन्तोष बस्यो र फेरी उसले भन्यो बुवा आज जसरी भए पनि कोट सिलाइ दिनु नि कत्ति जाडो बढेको छ हिजो आज । भन्दै छोरा सन्तोष बाहिर खेल्नलाई निस्कियो दिल परियार त्यो बेला कपडा सिलाउन आउने २,३ जना नया ग्राहकसंग कुरा गर्न ब्यस्त भएकोले उसले आफ्नो छोराको कुनै प्रति उत्तर दिएँन । भोलि पल्ट बिहानै छोरा सन्तोष कि आमाले सोधिन - सन्तोषको बाबा । छोराले कति दिन देखि जाडोमा काप्तई कठ्यान्रियेर रुदै बस्छ बिचरालाई कत्ति जाडो भएको होला आगो बालेको चुलो निर पनि कापी रहेको हुन्छ, तर तिमीलाई भने छोराको लागी एउटा कोट सिलाइ दिने फुर्सत छैन बरु कपडा गएर ल्याई दिनु भए म बसेर भए पनि सिलाइ दिने थिए।
दील परियारले भन्यो तैले भनिस ठिकै हो तर त नै भन्न त म कहिले सिऊ, कति खेर सिऊ? जाडो शुरु भएकोले गर्दा दिनरात ग्राहकले ताकेता गर्छन मैले उनीहरुको त कपडा सिएर भ्याएको छैन त्यो तैले देखेकी छैनस र ? म पनि दिनरात यो पातलो च्यातिएको कपडा मै नाङ्गो बसी रहेको छु। किन र मलाई चाही जाडो लाग्दैन। मेरो शरीरमा के रुघा, खोकी ज्वरो आउदैन र ? मलाई फुर्सद भए न बजार गएर कपडा किनेर ल्याई दिऊ । तै भन्न म के गरु? बरु कसैलाई भनेर कपडा मंगा न यस्तो कुरा सुनेर सन्तोष कि आमाले भनि यहा यति धेरै ग्राहकहरु आउछन उनीहरु मध्य कसैलाई भन्नु नि कपडा किनेर ल्याई दिनु भनेर भन्दै उ फ़त्फ़्ताउदै घर तिर पसी ।
सन्तोषको बाबुले भन्यो कपडा कसैले किनेर पनि ल्याई दिए रे तर पनि के हुन्छ ? अहिले मेरो एक छिन पनि हात खाली छैन ग्राहकहरुको यतिका कपडाहरु यहा सिउन बाकी फालिएको छ, तैले र मैले दुबई जनाले मिलेर लगातार केहि दिन सम्म बसेर दिनरात गरि सिलायौ भने मात्र केहि हलुका होला फेरी बिचमै जाडो बढेर अरु ग्राहकको कपडाहरु आयो भने त्यै पनि फुर्सद हुदैन ।
शंकै हुदै सन्तोष कि आमाले बोलिन तिम्रो काम त कहिले नै सकिदैन अरु कै कपडा सिउदै जाडो नै सकिन्छ होला तर भगवानले नगरुन कहिँ यस्तो क्ठ्यानरिएको जाडोले छोरा वा तिमीलाई काम ज्वरो आयो भने, निमोनिया भयो भने अनि त्यो बेला के होला त् मेरो गति ? त्यस्तो भनेर सन्तोष कि आमा आखाबाट आशु बरर झारि रहिन सन्तोषको बाबुले टुलुटुलु हेरिरहे, मात्र हेरिरहे। शन्तोष अवाक भएर दुवैको अनुहार तिर हेरिरहन्छ......हेरिरहन्छ !
निशा खनाल अर्याल
हाल: इजरायल