गजल : By, बिमला अधिकारी I


  * 
अभाबमा तड्पिएरै बाँच्नु मेरो बाध्यता भो 
पिडा सबै लुकाएरै हाँस्नु मेरो बाध्यता भो ! 

साथ दिन्छु भन्नेबाटै बिस्वासहरु टुट्दा खेरि 
आफ्नो व्यथा आफै भित्र गाँस्नु मेरो बाध्यता भो ! 

यो दिल भित्र गडीसक्यो निकालेर फ्याक्न पनि 
बिना अर्थ त्यो मन यता टाँस्नु मेरो बाध्यता भो ! 

सारा खुसि रित्याएर उनि माथि बिस्वास गरे 
किन छोड्यौ बिचैमा खै जाँच्नु मेरो बाध्यता भो ! 

बिर्सनलाई कोसिस गरे एकोहोरो कति बन्नु 
तिम्लाई खुसि दिन यो मन भाँच्नु मेरो बाध्यता भो ! 

बिमला अधिकारी 
भरतपुर ,मिलनचोक 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com