पूर्वप्रधानमन्त्री मरिचमान सिंहको निधन I

 काठमाण्डौ श्रवान ३१,

क्यान्सर रोगबाट पीडित ७१ वर्षीय श्रेष्ठको बिहीबार बिहान ३ बजे काठमाडौंस्थित नर्भिक अस्पतालमा निधन भएको हो । उहाँको उपचारको क्रम मा काठमाण्डौको नर्भिक अस्पतालमा आज बिहान साढे तीन बजे निधन भएको हो । उहाँको शवलाई अहिले उहाँकै निवास स्थानमा अहिले श्रद्धान्जलीको लागि राखिएको छ । 

नयाँ दिल्लीको उपचार गराई रहनु भएका श्रेष्ठको गएको मंगलबार एयर एम्बुलेन्स बाट काठमान्दौं ल्याइएको थियो । दाहिने फोक्सोको क्यान्सर र संक्रमण बाट पीडित सिंह लाइ डेड महिना अघि दिल्ली लागिएको थियो । 

मरिचमान श्रेष्ठ तत्कालिन पंचायत  व्यबस्थाको अन्त्यतिर करिब तीन वर्षा प्रधान मन्त्रि हुनु भएको थियो । त्यस अघि उहाँ राष्ट्रिय पंचायतको अध्यक्ष हुनुहुन्थियो ।  उहाँको आज अपराहन्न पशुपति आर्यघाटमा दाहसंस्कार गरिने कार्यक्रम छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com