गजल : By, कल्पना पौडेल "जिज्ञासु" I



सिरिरिरी हावा चल्यो सुसेलिले छुन्छ कित
पहराले बतास सँग माया जाल बुन्छ कित

मन मुटु साटिएछ प्रेमलाप हुँदै थियो
डाडाकाडा झरनाले तिन्का कुरा सुन्छ कित

बाद्लले आकाशलाई चारै तिर घेरिदिदा
झरी बनी बर्सिएर धर्तिलाई धुन्छ कित

आहा कती रमाइलो उमङित भयो तनै
प्रक्रितीको लीला ले त चमत्कारै हुन्छ कित

यस्तै रङिन सधैं भरी भए हुन्थ्यो मौसम
बहारलाई ताराले आकाशमै थुन्छ कित

 कल्पना पौडेल "जिज्ञासु"
 गैडाकोट,४,नवलपरासी
 हाल:इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com