कार्यक्रम साझा सवाल, भाग- 299: Bird Flu, Its Impact on Human Health & Poultry Farming


चरा र कुखुरामा हुने बर्ड फ्लु मान्छेमा सर्ने डरले सरकारले राजधानीसहित केहि जिल्लाहरुमा कुखुराको मासु वेचविखन र ओसारपसारमा प्रतिबन्ध लगाएको छ ।

कुखुराको मासु मात्रै महिनाको करिब ३ अर्व रुपैयाँ बराबर कारोबार हुने कुखुरा पालन व्यवसायको भविष्य के होला? विगत ३ सातामा ठाउँ ठाउँमा बर्ड फ्लु संक्रमणका खवर आएपछि राजधानी र वरिपरि कुखुराको मासु ओसारपसारमै प्रतिवन्ध लाग्यो ।

वर्षैपिच्छे बर्ड फ्लुको संक्रमण बढ्दै गएको खबरसँगै कुखुरा व्यवसाय नै धरासायी हुने त हैन? साउनपछि सबैभन्दा धेरै बर्ड फ्लु फैलिएको भनिएको जिल्ला भक्तपुरको नजिकै बनेपास्थित नेपाल बनेपा पोलिटेक्निक इन्स्टिच्युटमा कुखुरा व्यवसायसँग सम्वन्धित किसान, सरोकारवाला र उपभोक्ताको बीचमा पशु उत्पादन निर्देशनालयका कार्यक्रम निर्देशक डा. दिनेश प्रसाद पराजुली, पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक डा. विजयकान्त झा र पोल्ट्री महासंघका नारायणहरि खत्री हुनुहुन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com