गजल : By, पोष कुमार राई I



कुनै दिन म यस्तो सुनौलो बिहान हुनेछु।
सबको मुहार उज्यालो खुसी उत्थान हुनेछु॥

नसोच्नु मलाई काँडा नै काँडा हजूर हरु।
फूलै-फूलको एक दिन म बगान हुनेछु ॥

आफू अनि अरु बचाउँन चाहने व्यक्ति म।
चाहे कसै-कसैलाई यहाँ रक्तदान हुनेछु ॥

आन्तरिक नबुझी जसले गर्छ घृणा मलाई।
बुझे पछि उनै बाट भोली सम्मान हुनेछु॥

बच्चा नै छ के लेख्छ गजल 'पोष भन्छन्।
कुनै दिन अवस्य म पनि जवान हुनेछु ॥

पोष कुमार राई
महेश्वरी-२ सानोडुम्रे खोटाङ्

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com