अभिनेता मुकेश आचार्य र अभिनेत्री कल्पना शाही विवाह बन्धनमा बाँधिएको गाइगुइँ फिल्म क्षेत्रमा धेरै समयदेखि चल्दै आए पनि जोडीले भने पुष्टि गरेका थिएनन्। तर शनिबार एक कार्यक्रममा उपस्थित मुकेश र कल्पनाले आफूहरु विवाहित भइसकेको औपचारिक रुपमा पुष्टि गरेका हुन्।
Laptop Bag with every nagarik
'हो हामी विवाहित हौं।
झन्डै एक वर्ष अगाडि नै बिहे गरेका हौं,' मुकेश र कल्पनाले खबरको पुष्टि गर्दै भने। मुकेशले गत सालको दशैंदेखि नै कल्पनासँग बस्दै आएको बताए।
'फिल्म क्षेत्रमा सकारात्मकभन्दा नकारात्मक हल्ला ज्यादा चल्ने भएकोले विवाहलाई गोप्य राख्न चाहेका हौं,' मुकेशले भने। मुकेशले चाँडै नै आफू नजिकका साथीभाइलाई भेला गरेर विवाहको खबर औपचारिक रुपमा सार्वजनिक गर्ने पनि बताए।
विहे भएको एक वर्ष बिते पनि बच्चा जन्माउने बारेमा केही नसोचेको दुवैको प्रतिक्रिया थियो। मुकेशले 'वशमा छैन यो मन', 'तिमी मात्र तिमी', 'डफर्स' लगायत फिल्ममा अभिनय गरेका छन् भने कल्पना शाही सुमन दाहाल निर्देशित 'मनपरेपछि'फिल्मबाट अभिनयमा आएकी हुन्। शाहीले 'नाइट क्विन', 'ग्याम्बलर' लगायतका फिल्ममा अभिनय गरेकी छिन्।